Suvadin, Home

जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा

चन्द्रपुर नगरपालिकामा सोमबार चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश–२ को विकासको आधारका रुपमा रहेको जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा रहने बताउँदै जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक पर्यटन विकासका लागि थप योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन्। 

काठमाडाैं, फागुन २९– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडाैं तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताएका छन्। 

चन्द्रपुर नगरपालिकामा सोमबार चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश–२ को विकासको आधारका रुपमा रहेको जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा रहने बताउँदै जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक पर्यटन विकासका लागि थप योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन्। 

कार्यक्रममा सांसद विनोद चौधरीले देश विकासका लागि सरकारले औद्योगिक क्रान्तिको शुरुवात गर्नुपर्ने बताउँदै सरकारले प्रदेश–२ मा औद्योगिक क्षेत्रमा लगानी गरेमा आफूले चौधरी पार्क निर्माण गर्ने घोषणा गरेका छन्। चाैधरीले चन्द्रपुर नगर क्षेत्रमा चौधरी ग्रुपले चाँडै उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। 

चन्द्रपुर महोत्सव २०७४ चन्द्रनिगाहपुर सिटी जेसिसको मुख्य आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सहप्रयोजनमा आगामी चैत ७ गतेसम्म चन्द्रनिगाहपुरस्थित तुल्सीलाल अमात्य खेल मैदानमा भइरहेको छ।


 

More form the Internet

loading...