Suvadin, Home

Cover Image

विद्यावारिधि अध्ययनको गरिमा बढाइने

मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताइन। 

काठमाडौं, २६ फागुन – त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ। 

मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताइन। 

सङ्कायका डिन प्रा डा शिवलाल भुषालले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीलाई अनुसन्धान विधि, अनुसन्धानको सैद्धान्तिक पक्ष लगायतका अनुसन्धानात्मक विषयमा जानकारी गराउने उद्देश्यले सो अभिमुखीकरण तय गरिएको जानकारी दिए। 

शिक्षक युनियनमा थापा 

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ। 

समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएकी छिन्। 
। 
यसैगरी प्रदेश उपाध्यक्षमा रोहिणीरमण दवाडी (प्रदेश न १), केशवराज पाठक ९प्रदेश न।३०, उमेश सापकोटा (प्रदेश न. ५), धर्मदत्त भट्ट(सुदूरपश्चिम), गण्डकी, कर्णाली र प्रदेश नं २ को उपाध्यक्षबाट प्रतिनिधित्व हुने युनियनले जनाएको छ। 

युनियनको महासचिवमा भोला चालिसे, उपमहासचिवमा भवानी पराजुली, अर्थ उपमहासचिवमा सुधीर झा, सचिवमा दीपक गौतम र रामकुमार राई चयन भएका छन्। यसैगरी संरक्षक समितिको अध्यक्षमा पूर्वअध्यक्ष मुकुन्द गौतम र सल्लाहकार समितिको प्रमुखमा ईन्द्रराज भट्टराई चयन भए। निजी विद्यालयमा कार्यरत शिक्षकको सो सङ्गठन विसं २०६० मा स्थापना भएको थियो। 

महाधिवेशनले बालबालिकाले अनिवार्य, निःशुल्क, गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसारको राष्ट्रिय शिक्षा ऐन तत्काल ल्याउन माग गरेको छ। 

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको ट्रेडयुनियन अधिकारका लागि शिक्षा ऐनमा व्यवस्था गर्न, हालै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई पनि समावेश गर्न माग गरेको छ। शिक्षामा बढ्दै गरेको निजीकरण र व्यापारीकरणलाई निस्तेज बनाउँदै संस्थागत विद्यालयलाई नियमनको दायरामा ल्याउने प्रावधान गर्न र अनुगमनलाई प्रभावकारी बनाउन पनि युनियनले माग गरेको छ। 

सामुदायिक विद्यालयका शिक्षकका लागि सरकारले तोकेको तलबभत्ता बराबरको सेवा सुविधा, नियुक्तिपत्र, विद्यालय व्यवस्थापन समितिमा शिक्षक कर्मचारीको प्रतिनिधित्व संस्थागत विद्यालयको हकमा पनि सुनिश्चित गर्न महाधिवेशनले माग गरेको महासचिव चालिसेले जानकारी दिए। 


 

More form the Internet

loading...