Suvadin, Home

२१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जिल्लामा ६ महिनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

बाजुरा, १५ कात्तिक  जिल्लामा ६ महिनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

सोका लागि जिल्लामा २६७ महिला स्वास्थ्य स्वयंसेविका र ११० स्वास्थ्यकर्मी परिचालन गरिएको बताए। भिटामिन ‘ए’ र जुकाको औषधिसँगै पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अहेव रामचन्द्र यादवले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ को कमीले बालबालिकालाई रतन्धो, कुपोषण हुने, दीर्घकालीन झाडापखाला लाग्ने, दादुरालगायतका रोग लाग्न नदिन कार्यक्रम सञ्चालन गरिएको हो।

सरसफाइको कमीले बालबालिकालाई संक्रमण भई जुका पर्ने भएकाले जुका पर्न नदिन जुकाको औषधि खुवाइँदैछ। भिटामिन ‘ए’ को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले विसं २०५० देखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सरकारले ६–६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ।


 

More form the Internet

loading...