Suvadin, Home

डा.केसीलाई बचाउन सरकारी चिकित्सक संघ नेपालको आग्रह

बिहीबार बिहान विज्ञप्ति जारी गर्दै संघले गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि डा केसी १६ औं पटकसम्म आमरण अनसनमा बस्न पर्नु अत्यन्तै दुर्भाग्यपुर्ण भएको भन्दै उनको स्वास्थ्य नाजुक हुँदा पनि जीवनरक्षाको सवालमा ठोस पहलकदमी हुन नसक्नुको जति निन्दा गरे पनि कम हुनेछ भनेको छ।

काठमाडौं,१० माघ- सरकारी चिकित्सक संघ नेपालले सत्याग्रही डा गोविन्द केसीसंग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ।

बिहीबार बिहान विज्ञप्ति जारी गर्दै संघले गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि डा केसी १६ औं पटकसम्म आमरण अनसनमा बस्न पर्नु अत्यन्तै दुर्भाग्यपुर्ण भएको भन्दै उनको स्वास्थ्य नाजुक हुँदा पनि जीवनरक्षाको सवालमा ठोस पहलकदमी हुन नसक्नुको जति निन्दा गरे पनि कम हुनेछ भनेको छ।

 

                                 संघले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै–

                                                विज्ञप्ति

             गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि प्रा। डा। गोविन्द के।सी। ले १६औ पटक सम्म आमरण अनसनमा बस्न पर्नु अत्यन्तै दुर्भाग्यपुर्ण छ। आज अनसनको १६औ दिन भैसक्दा र स्वास्थ्य स्थिती थप जटिल हुँदै गैरहेको अवस्थामा उहाको जीवन रक्षाको सवालमा ठोस पहल कदमी हुन नसक्नुको जति निन्दा गरे पनि कम हुनेछ।


यस संघले प्रा डा गोविन्द केसीका विभिन्न समयका विभिन्न मागहरु मध्ये चिकित्सा शिक्षा ऎन को मागमा फरक मत बावजुद पनि अविछ्छिन्न रुपमा सहमती र थप आवाज दिईरहेको कुरा सबैलाई अवगत नै छ। चिकित्सा शिक्षा सुधारको लागि लडिएको लडाईमा चिकित्सा विधा बाहेकका अन्य मागहरु बारे यस संघको कुनै आधिकारिक धारणा छैन। हाल मौजुदा परिस्थितिमा धेरै चरणका छलफल र केही सुधार पछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदमा पुगेको अवस्था छ। सो विधेयकले उपत्यकामा १० वर्ष सम्म कुनै मेडिकल कलेज नखोलिने , सबै जनतालाई चिकित्सा शिक्षाको समान अवसरको लागि हरेक प्रदेशमा सरकारी मेडिकल कलेज खोलिने, १० वर्षपछि सबै मेडिकल कलेजहरुलाई गैर नाफामुलक बनाईने लगायतका बुदाहरु समेटेको साथै यस संघले पनि उठान गर्दै आएको सबै मेडिकल कलेजलाई एकै ठाउमा समेट्ने चिकित्सा शास्त्र विश्वविद्यालय को परिकल्पना समेत गरेको अवस्था छ। उक्त ऐनमा सोही चिकित्सा शास्त्र विश्वविद्यालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र मेडिकल कलेज संचालन र नियमन गर्ने प्रावधान राखे अझ उत्तम हुने यस संघको धारणा छ। श्रद्देय प्राडा गोविन्द के।सी।को अनेकौ सत्याग्रहका कारण मात्र चिकित्सा शिक्षाको हकमा यी उपलब्धी हासिल भएको कुरामा दुई मत छैन।

एकातिर चिकित्सा क्षेत्र सुधारको यसरी प्राप्त उपलब्धीहरुको रक्षा गर्नु आजको आवस्यकता हो भने अर्कोतिर डा केसी को जिवन रक्षा गर्नु अर्को अहम आवस्यकता पनि हो। राज्य आफैले एक कदम अघि बढेर चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरिय सर्बसुलभताको लागि लागिपर्नु पर्नेमा एक जना व्यक्तिले आफ्नो ज्यान नै जोखिममा पारेर सारा जनताको भलाई को निमित्त चिकित्सा शिक्षा एनको लागि लड्नु चानचुने विषय होईन।

आज १६औ दिन भैसक्दा पनि सम्वन्धित सरोकारवालाहरुले डा केसी को जीवन रक्षाको लागि ठोस पहल कदमी नगरेको सारै बिडम्बनापुर्ण अवस्थाको बिच नेपाल सरकार र प्रतिपक्ष अनि डा के।सी सङ्ग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सवैले एक युगमा एक चोटि जन्मने यस्ता महामानवको जीवन रक्षा हेतु आफ्ना निजि स्वार्थ यदि छन भने सबै त्यागेर ईमान्दारीका साथ पहल गरिदिनु हुन यस संघ विनम्र आग्रह गर्दछ। 

निस्कलन्क र निष्ठावान व्यक्तिको खडेरी परेको अहिलेको समयमा डा केसी बाच्नै पर्ने विषयले प्राथमिकता पाउनैपर्छ। तत्कालै अनसन अन्त्यको लागि राज्यपक्षको बढी भुमिका देखिन्छ। यसमा कुनै विशेष स्वार्थ समुहले अनसन लम्ब्याउन भुमिका खेलेको भएमा त्यस्तो समूह ठूलो दोषी हुने यस संघको ठहर छ।

 

                                                                                                                                      डा दीपेन्द्र पाण्डे

                                                                                                                                           अध्यक्ष


 

More form the Internet

loading...