Suvadin, Home

शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ। सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णय गरेको थियो। 

काठमाडौं, १९ फागुन – स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ। सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ। सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णय गरेको थियो। 

आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए। कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन्। आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए। रासस 


 

More form the Internet

loading...