Suvadin, Home

त्रिवि शिक्षण अस्पतालको ओपीडी सेवा बन्द 

प्रा.डा.गोविन्द केसी

 

काठमाडौँ मंसिर १० 
स्वास्थ्य क्षेत्रको सुधारका साथै त्रिवि चिकित्सा शास्त्र संकायमा बरिष्ठताको आधारमा डीन नियुक्ति सहितका १० बुदेँ माग राखी अनशनरत प्रा.डा.गोविन्द केसीको सममर्थनमा आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय डक्टरहरुले ओपीडी सेवा बन्द गरेका छन् ।  अनशन १३ औँ दिनमा पुग्दा समेत सरकारका प्रतिनिधिले केसीलाई भेटेका छैनन् । सरकारले वार्ता टोली गठनका लागि चासो पनि लिएको छैन । 
डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक अवस्थामा पुग्दा समेत सरकारले उनका माग प्रति वेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गराउँन दवाव स्वरुप ओपीडी सेवा बन्द गरेको नेशनल रेजिडेन्ट डाक्टर एशोसियसनका अध्यक्ष लिजन महर्जनले बताए । त्रिवि शिक्षण अस्पतालमा करीब २ सय जति आवासीय डाक्टर कार्यरत् छन् । प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको मुटुको धड्कन बढेको तथा रक्तचाप अनियमित पाइएको डा. केसीका सहयोगी डा. जीवन क्षत्रीले बताए । डाक्टरहरुको एक टोलीले हिजो उनको स्वास्थ्य जाँच गरेको थियो ।  ‘‘यस अगाडि एक पटक लामो अनशनमा मात्रै यस्तो गम्भीर समस्या देखिएको थियो ।’’ डा. क्षेत्रीले भने ।


प्रधानमन्त्री निवास घेराऊ 
१३ दिन देखि अनशनरत् डा. केसीको माग प्रति सरकारले वास्ता नगरेको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटार घेराऊ गरिदै छ ।
रेजिडेन्ट डाक्टरहरु र डा.गोविन्द केसी सोलिडारिटिद्धारा आज १२ बजे प्रधानमन्त्री घेराऊ गर्न लागको हो । रेजिडेन्ट डाक्टर एशोसियनका अध्यक्ष रिजन महर्जनले सरकारले वार्ता टोली गठन गरी डा. केसीको माग सम्बोधन नगर्दासम्म घेराऊ तथा अस्पतालको ओपीडी सेवा बन्दका कार्यक्रमलाई निरन्तर जारी राख्ने जानकारी दिएका छन् ।


 

More form the Internet

loading...