Suvadin, Home

पानी पिउने अनेक काइदा

पानी, जीवन बचाउने श्रोत । बिना पानी जीवनको कल्पना पनि गर्न सकिँदैन । तर, पानी पिउने तरिकाबारेमा अधिकांश अनविज्ञ रहेको जनाइएको छ । हामीले जुनबेला पनि पानी पिउने गर्छौँ । यो सरासर गलत हो । पानी धेरै पिउँदा पनि हामीलाई हानी गर्छ अनि कम पिउँदा पनि । त्यसैले पानी पिउँदा सावधानी अपनाउनु जरुरी देखिन्छ ।

पानी पिउने ८ तरिका : 
 
१) बिहान उठेर खाली पेटमा दुई गिलास पिउने तर उठ्ने बित्तिकै होइन । एकछिन शरीर तन्‍काएर त्यसपछि बल्ल पिउँदा ठिक हुन्छ । उठ्ने बित्तिकै पानी पिउँदा रिँगटा लाग्नसक्छ ।

२) खाना खानुभन्दा एक घण्टा पहिले र खाना खाएको एक घण्टापछि पानी पिएको राम्रो हुन्छ । अधिकांशले खाना खाइसकेपछि टन्न पानी पिउने गरेको पाइएको छ । यो बिलकुलै गलत हो । यदी खाना धेरै खाएर अटसपटस भएको छ भने एक गिलास तातो पानी पिउन सकिन्छ । खाना खाँदै एक दुई घुट्की चिसो पानी पिउँदा राम्रो हुन्छ । यसो गर्दा शरीरमा पाचन रस निस्किन्छ र पाचन रसले खाना पचाउनलाई सहयोग गर्दछ ।
 
३) काम गरेर होस् या दौडेर अथवा हिँडेर आउँने बित्तिकै कहिल्यै पनि पानी पिउन हुँदैन । एकैछिनमा मुटुको गति स्थिर भएपछि पिउँदा राम्रो हुन्छ । 

४) पानी पिउँदा सकभर उठेरभन्दा बसेर पिएको राम्रो हुन्छ । ठाडो घाँटी लगाएर घटघट पानी पिउनुभन्दा विस्तारै एक दुई घुट्की लिँदै पिउनु उत्तम हुन्छ ।

५) पहिला दिनको छ लिटर पानी पिउने भनेर भनिएको थियो तर आजकल भने जतिबेला तिर्खा लाग्छ त्यतिबेला पिउँदा हुन्छ भनी वैज्ञानिकहरु बताउँछन् । प्रत्येक घण्टामा सम्भव भएसम्म एक गिलास पानी पिएको राम्रो हुन्छ ।

६) पानीले शरीरलाई फाइदा त गर्छ नै । यसले अनुहारको चमक नि बढाउने गर्दछ । पानी पिउने मान्छेलाई अपच हुने, पत्थरी हने, मृगौला फेल हुनेजस्ता समस्या अति नै कम देखिन्छ ।

७)  पानी उमालेर पिउनुपर्दछ । उमालेको तातो पानीमा नउमालेको चिसो पानी मिसाएर पिउनेहरुको जमात नै भेट्न सकिन्छ । यसो गर्नु ठिक हुँदैन । उमालेर राखेको चिसो पानी मिसाइ पिउँदा राम्रो हुन्छ । पानीमा क्लोरिन लगायतका अन्य वस्तुहरु राखेर शुद्ध पार्ने काम गरिन्छ । यसैगरी घाममा राखेर पनि शुद्धिकरण प्रक्रिया अपनाउन सकिन्छ । तर सबैभन्दा भरपर्दो उमालेर शुद्ध बनाउनु हुन्छ । 

८) पानी पँधेरा वा कुवाको निकै राम्रो हुन्छ । माटाको घैँटो र तामाको भाँडोमा राखिएको पानीले शरीरलाई प्रत्यक्ष नै फाइदा गर्दछ । 

(राजु अधिकारीको ‘खाने कसरी पिउने कसरी’किताबबाट)
 


 

More form the Internet

loading...