Suvadin, Home
Bridge Water

खोपबाटै रोकथाम हुने १४ प्रकारका रोग, हेर्नुहाेस् सूची!

सन् १९८८ देखि पोलियो रोग ९९ प्रतिशतले घटेको छ। र, सन् १९८८ मा १ सय २५ देशमा महामारीको रुपमा फैलिएको पोलियो रोग अहिले तीनवटा देशमा मात्र माहामारीको रुपमा रहेको छ।
लाइबेरियामा खटिएकाे विश्व स्वास्थ्य संगठनकाे टाेली।

काठमाडाैं, मंसिर ११ – विश्वमा शिशु मृत्युदर पहिलेको तुलनामा कम हुँदै गएको छ। शिशुको मृत्युदर कमी हुनुको कारणहरु सर्वसाधरणमा फैलिएको जनचेतना, स्वास्थ्यप्रतिको चासो, रुची तथा स्वास्थ्य सम्बन्धी शिक्षाको सकरात्मक असर हुन्।

सन् २०१५ सम्म  लगभग एक करोड १६ लाख शिशुहरुलाई भ्यागुते रोग, टिटानस जस्ता रोगहरुको रोकथाम गर्न शिशु अवस्थाभित्र ३ खुराक खोप दिइँदै आइएको थियो। सन् २००० मा विश्वमा ७३ प्रतिशत शिशुहरुलाई जन्मेको एक वर्ष भित्रमा १ खुराक खोप मिजल्स् रोगको रोकथामका लागि लगाउने गरिन्थ्यो र अहिले ८५ प्रतिशत पुगेको छ।

सन् १९८८ देखि पोलियो रोग ९९ प्रतिशतले घटेको छ। र, सन् १९८८ मा १ सय २५ देशमा माहामारीको रुपमा फैलिएको पोलियो रोग अहिले तीन वटा देशमा मात्र महामारीको रुपमा रहेको छ। अफगानिस्तान, नाइजेरिया, पाकिस्तान जस्ता देशमा अझै मानिसहरु पोलियो रोगले पीडित छन्।

पोलियो जस्ता अन्य रोगहरु पनि छन् जसलाई खोपको माध्यमबाट रोकथाम गर्न सकिन्छ। निम्न रोगहरुको खोपबाट रोकथाम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएकाे छ।

१) ग्रीवा क्यान्सर (सर्भिकल क्यान्सर)

२) हैजा

३) भ्यागुते रोग

४) हेपेटाइटिस बी

५) इन्फ्लूएन्जा 

६) जापानी इन्सेफलइटिस

७) मिजलेस रोग

८) पोलियो

९) निमोनिया

१०) रेबिज

११) रोटा भाइरस

१२) टिटानस

१३) जन्डिस

१४) टाइफाइड