Suvadin, Home
Bridge Water

आज विश्व मानसिक स्वास्थ्य दिवस

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पीडित छन्। नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ।
विश्व मानसिक स्वास्थ्य दिवस।

काठमाडौं, असोज २४–आज अक्टोबर १० अर्थात विश्व मानसिक स्वास्थ्य दिवस। नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मानसिक स्वास्थ्य दिवस मनाइँदैछ।

दिवसका अवसरमा मानसिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो मानसिक समस्या रोकथामका लागि सरोकारबाला स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

बढ्दो बेरोजगारी अव्यवस्थित जीवनशैली, प्रेममा धोका, पढाईमा असफलता, मानसिक तनाव, निराशाजस्ता कारणले नेपालमा वर्षेनी मानसिक रोगीको संख्या बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पीडित छन्। नेपालमा पनि ६० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ।

विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट बञ्चित हुनु परेको छ। नेपाल जस्तो विकासोन्मूख देशमा भने ५ जना रोगिमा ४ जनाले त उपचारै पाउँदैनन्।

विश्व मानसिक स्वास्थ्य महासंघले त्यसबारे वकालत गर्ने उद्देश्यले सन् १९९२ देखि १० अक्टोबरमा उक्त दिवस मनाउँदै आएको छ।