Suvadin, Home
Nepal Telecom 1.213M
आज विश्व दृष्टि दिवस।  ‘आफ्नो आँँखाको ख्याल गरेको कुरा झल्काउने एउटा फोटो पठाउनुहोस्’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ।
विश्व दृष्टि दिवस।

काठमाडाैं, असाेज २६–आज विश्व दृष्टि दिवस।  ‘आफ्नो आँँखाको ख्याल गरेको कुरा झल्काउने एउटा फोटो पठाउनुहोस्’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन रोकथामका लागि अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त विश्वव्यापी पहल ‘भिजन ट्वान्टी ट्वान्टीः दृष्टिको अधिकार’का बारेमा सचेतना जगाउन, लक्षित व्यक्तिमा दृष्टिविहिनता रोकथामका लागि शिक्षा प्रदान गर्नु यो दिवसको उद्देश्य रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २८ करोड ५० लाख मानिस कम दृष्टि भएका या दृष्टि विहिन छन्। २४ करोड ६० लाख मानिसमा गम्भीर खालको दृष्टि दोष छ। ९० प्रतिशत दृष्टि विहिनहरु न्यून आय भएका देशमा रहेका छन्।

चिकित्सकका अनुसार मोतियाबिन्दु, जलबिन्दु, मधुमेह जस्ता समस्या दृष्टि गुम्ने कारणका रुपमा रहेका छन्। नेपालमा हरेक दिन १ सय २५ जना दृष्टि विहिन हुने गरेका छन्। नेपालमा ६५ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण हुने चिकित्सकहरुको भनाई छ।

विश्व संगठनले ८० प्रतिशत दृष्टि दोष रोकथाम गर्न या उपचार गर्न सकिने भन्दै सचेत हुन आग्रह गरेको छ । उपचार र रोक्न सकिने अन्धोपन र दृष्टि दोषको रोकथामका लागि संगठनले विश्वव्यापी कार्ययोजना २०१४–२०१९ ल्याएको छ । जस अनुसार सन् २०१९ सम्म अन्धोपन र दृष्टिदोषलाई २५ प्रतिशतले कम गर्ने लक्ष्य लिइएको छ ।


 

More form the Internet

loading...