Suvadin, Home

उपत्यकामा स्वाइन फ्लुको संक्रमण बढ्यो, १६८ जनामा प्रमाणित 

सोमबार मात्रै ओम अस्पतालको आइसीयुमा ४७ वर्षीया महिलाको मृत्यु भएको थियो। तर, उनी निमोनियाले ग्रसित भएकाले मृत्यु भएको ओम अस्पतालले जनाएको छ।

काठमाडौं,८ माघ- राजधानीमा स्वाइन फ्लुको संक्रमण बढेको छ। राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जनाको घाँटीको र्यालको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा संक्रमण भेटिएको हो।

सोमबार मात्रै ओम अस्पतालको आइसीयुमा ४७ वर्षीया महिलाको मृत्यु भएको थियो। तर, उनी निमोनियाले ग्रसित भएकाले मृत्यु भएको ओम अस्पतालले जनाएको छ। 

चिकित्सकीय भाषामा यसलाई मौसमी एन्फ्लूएन्जा(रुघाखोकी) अन्तर्गत रहेको ‘एन्फ्लूएन्जा ए–एच वान एन वान’ भनिएको छ। 

यो त टेकुमा गरिएको परीक्षणबाट देखिएको तथ्यांक हो। कतिपय बिरामीहरु सही अस्पतालको पहुँचमा नपुग्दा समस्या झन् बिकराल हुँदै गएको छ। 


 

More form the Internet

loading...