Suvadin, Home

Cover Image

प्राधिकरणले तार काटे इन्टरनेट सेवा बन्‍द गरिने 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढेको पोल भाडा नतिर्नेहरुको तार काट्ने निर्णय गरेपछि इन्टरनेट र केवल सेवा प्रदायकहरु विरोधमा उत्रिएका छन् । 

सेवा प्रदायकहरुले राजधानीमा आज पत्रकार सम्मेलन गरी प्राधिकरणले बढाएको पोल भाडा तिर्न नसक्ने दाबी गर्दै तार काटिए आफुहरु जिम्मेवार नहुने चेतावनी दिए । प्राधिकरणले एकै पटक ५ सय प्रतिशतसम्म पोल भाडा वृद्धि गरेका कारण तिर्न नसकिने इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले बताए । 
प्राधिकरणले गत भदौंदेखि इन्टरनेट र केबल सेवा प्रदायकहरुले प्रयोग गर्ने आफनो पोल भाडा वृद्धि गरेको छ । प्राधिकरणको पूर्वाधार प्रयोग गरी अरुले धेरै आम्दानी गरे पनि प्राधिकरणलाई लाभ नभएको भन्दै भाडा बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

बढेको पोल भाडा नतिर्नेको तार काट्न मातहतका शाखाहरुलाई निर्देशन दिइएको पनि घिसिङले बताए ।उनुभयो ।


 

More form the Internet

loading...