Suvadin, Home

Cover Image

गर्मीमा यसरी जोगाउनु 'मेकअप'
हचुवाका भरमा सौन्दर्य प्रसाधन प्रयोग नगर्नु उचित  

गर्मीमा पहिरनलाई विषेश ख्याल गर्नुपर्छ । गर्मीयाममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका कपडा लगाउनु राम्रो हो । ‘प्रिन्टेड’ कपडाले पनि गर्मीमा हामीलाई आर्कषक र नयाँ ‘लुक्स’ दिन्छ । यस्ता पहिरनले शरीरको तापलाई नियन्त्रण गर्ने हुनाले हामीलाई गर्मीको आभास अलिक कम हुन्छ ।

काठमाडाैं, बैशाख २५ - गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विषेश ध्यान दिनुपर्दछ । अत्याधिक पसिना आउँदा घरबाट चिरिच्याट परेर निस्के पनि केहीबेरमै अनुहारको रूप फेरिन सक्छ । त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो । गर्मी याममा शरीर सुहाउँदो पहिरन र मेकअपबारे निम्न जानकारी उपयोगी हुनसक्छ ।

गर्मीमा पहिरनलाई विषेश ख्याल गर्नुपर्छ । गर्मीयाममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका कपडा लगाउनु राम्रो हो । प्रिन्टेड कपडाले पनि गर्मीमा हामीलाई आर्कषक र नयाँ लुक्स दिन्छ । यस्ता पहिरनले शरीरको तापलाई नियन्त्रण गर्ने हुनाले हामीलाई गर्मीको आभास अलिक कम हुन्छ ।

युवतीहरूले एकैखालको डिजाइन र स्टाइललाई निरन्तरता दिनु हुँदैन । जसले हाम्रो लुक्सलाई पुरानो अनि बोरिङ देखाउछ । हेयर स्टाइल परिवर्तन गरिरहने, कपडा पनि एकैखालको नकिन्ने, मौसम अनुसार के लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे जानकारी लिने र बजारमा चलेको फेसन अनुरूप आफू सुहाँउदो फेसन गर्ने ।

सुन्दरताका लागि सुहाउँदो मेकअप र ड्रेसअप गर्नुपर्छ । छाला देखिने हुनाले यसको विषेश ख्याल गनुपर्छ । छालालाई स्वस्थ राख्न स्वस्थ जीवनशैली अवलम्बन गर्ने, जसले गर्दा भविष्यमा छालामा आउन सक्ने समस्या हटाउन मद्दत गर्दछ ।

बजारमा कमसल वस्तुहरूको बिगबिगी भएकाले सौन्दर्यका सामान र पहिरनबारे सम्बन्धित सौन्दर्य विज्ञसँग परामर्श गर्ने । हचुवाका भरमा वा कसैले भनेकै भरमा सौन्दर्यका प्रसाधन प्रयोग नगर्नु राम्रो ।

घाममा निस्कँदा छालालाई जोगाउन सनग्लास, सनस्किन, लोसन आदिको प्रयोग गर्ने । सकेसम्म फुलस्लिप भएको सुतीका कपडा प्रयोग गर्नु फाइदाजनक हुन्छ । सुतीका कपडाले पसिना सोस्ने हुनाले गर्मीमा यसको विशेष महत्व हुन्छ ।  


 

More form the Internet

loading...