Suvadin, Home

चुरोटको धुँवाभन्दा खतरनाक धूप, निरन्तरको सुगन्धले हृदयघातको जोखिम !

एजेन्सी  ।  हिन्दु धर्मालम्बीहरुले हरेक पटक पूजा गर्दा नछुटाउने चिज हो अग्रबत्ती अर्थात धूप । त्यसो त हिन्दु धर्मालम्बीहरुले हरेक दिन बिहन पूजा आरधना गर्छन र अनवार्यजस्तै हुन्छ, धूप  । यसको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने मान्यता छ । हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवान्लाई खुशी बनाउन सकिन्छ भन्ने विश्वास पाइन्छ ।  

तर, चीनमा गरिएको एक अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक हुने बताएको छ । धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता समस्याको कारक बन्छ । 

चिनियाँ अध्ययनको अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन बढी पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ ।

अनुसन्धानमा बताएअनुसार धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् । जसले गर्दा क्यान्सर बढ्ने सम्भावना बढी हुन्छ । 

यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ । 

त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो  र कपको समस्या पैदा गर्छ । 

यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ । 


 

More form the Internet

loading...