Suvadin, Home

शुभबिहानी
महान् बन्ने सूत्र

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो,–सर आज सारा संसारमा तपाईको नाम चर्चित छ। सबै तपाईको प्रशंसा गर्छन्। तपाईलाई महान् भन्छन्। भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?
अल्बर्ट आइन्स्टाइन।

अल्बर्ट आइन्स्टाइन

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो,–सर आज सारा संसारमा तपाईको नाम चर्चित छ। सबै तपाईको प्रशंसा गर्छन्। तपाईलाई महान् भन्छन्। भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?

अल्बर्ट आइन्स्टाइनले मुस्कुराउदै भने–यसको सूत्र लगन हो  जब म तिम्रो उमेरको थिए तब गणित देखि डराउथे, जस्तो आज तिमी डराउछौ। म धेरैजसो गणितमा फेल हुन्थे। मैले सजाय पाउथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे।

उनीहरू मेरो मजाक उडाउथे। म मन मारेर बस्थे। एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए। साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु। र यही लगनले मलाई आज यहाँसम्म पुर्यायो। लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले।


लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । 


 

 


 

More form the Internet

loading...