Suvadin, Home
Nepal life 3.298M

बजाजको अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ। यो २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ। जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एण्ड ग्लसी पेव्टर ग्रे रहेको छ। बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ।

काठमाडाैं, २० कात्तिक – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ।

यो २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ। जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु  एण्ड ग्लसी पेव्टर ग्रे रहेको छ। बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ।

नयाँ बजाज पल्सर १६० टिडीमा ड्यूल डिस्क ब्रेक दिइएको विज्ञप्तिमा उल्लेख छ। युवालाई आर्कषीत गर्न पछाडि मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ।

एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ। बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल,लोंगेर व्हील्बेस राखिएको छ। यसको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिजाइन, क्वालिटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा पर्ने गरेको बताए।


 

More form the Internet

loading...