Suvadin, Home

संसारकै सुन्दर १० राजमहल (फोटो फिचर)

 संसारभर कैंयौं यस्ता स्थान र महलहरु छन् जसले मानव इतिहासलाई जीवित राखेका छन्। यस्तै, आफ्नो बाहुबलले संसारभर शासन गरेका  इतिहासका शक्तिशाली  राजाहरु जसको महल हेर्न आज  हजारौं पर्यटक आउने गर्दछन्। आज हामी चर्चा गर्नेछौं संसारकै सुन्दर राजमहलको बारेमा जहाँ वार्षिक लाखौं पर्यटक आउने गर्दछन्।

काठमाडाैं, वैशाख ६ (एजेन्सी) - संसारभर कैंयौं यस्ता स्थान र महलहरु छन् जसले मानव इतिहासलाई जीवित राखेका छन्। यस्तै, आफ्नो बाहुबलले संसारभर शासन गरेका  इतिहासका शक्तिशाली  राजाहरु जसको महल हेर्न आज  हजारौं पर्यटक आउने गर्दछन्। आज हामी चर्चा गर्नेछौं संसारकै सुन्दर राजमहलको बारेमा जहाँ वार्षिक लाखौं पर्यटक आउने गर्दछन्।

१. मैसूर प्यालेस , भारत

दक्षिण भारतमा रहेको पूर्व शाही परिवार वोड़ेयार्सको निवास हाल अम्बा प्यालेको नामले चिनिने गर्दछ। यस प्यालेस हेर्न वार्षिक लाखौं पर्यटक आउने गर्दछन्।

२. पैना नेशनल प्यालेस , पोर्चुगल

पोर्चुगलमा रहेको पैना नेशनल प्यालेस सन् १८४२ मा राजा फर्डिनेड द्वितीयद्वारा निर्मित यो महल निर्माण गर्न ४५ वर्ष लागेको थियो। यस
महलको निर्माण पूरा भएलगत्तै राजा फर्डिनेड द्वितीयको निधन भएको छ। यो महललाई यूनेस्कोले विश्व सम्पदा सूचीमा समेत राखेको  छ।

३.स्कनब्रुन प्यालेस, वियना

अस्ट्रियाको भियनामा रहेको स्कानब्रुन प्यालेस अस्ट्रियाको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक महल हो। १४४१ कोठा भएको यस महलको निर्माण राजा लियोपोल्ड प्रथमले सन् १६९६मा निर्माण गराएका थिए। यस महलमा संसारकै पुरानो चिडियाखाना रहेको छ।

४. समर प्यालेस, चीन

चीनको बेइजिङमा रहेको यो महल २.९ स्क्वायर किलोमिटरमा फिलिएको छ।

५.प्यालेस अफ  वर्सेल्स, फ्रान्स

 

फ्रान्सको ब्रसेल्समा रहेको यस महलको निर्माण १६२४ मा लुइ तेर्हौले गराएका हुन्। यो महल राजाले शिकार खेलेपछि आरामको लागि बनाएका थिए।

६.शैट दे चमबोर्ड, फ्रान्स 

राजा फ्रेकोइसद्वारा निर्माण गरिएको यो महल महललाई यूनेस्कोले बिश्व सम्पदा सुचिमा समेत राखेको  छ।

७. बकिंघम प्यालेस, लन्डन 

लन्डनको वेस्टमिस्टर सहरमा रहेको बकिघम प्यालेस अहिले बेलायतको राजपरिवारले प्रयोग गर्ने गर्दछन्।

८. अलहम्ब्रा, स्पेन

अलहम्ब्रा महल स्पेनमा रहेको छ। ८८९मा निर्माण गरिएको यस महल जीर्ण भएपछि १३३३ मा ग्रेनेडका राजा युसुफ पहिलोले गराएका थिए।

९. पोताला प्यालेस, चीन

चीनको ल्हासामा रहेको यो दरबार ५ औं दलाइ लामाले गरेका छन्।

फरबिडन सिटी, चीन

चीनको  बेइजिङमा रहेको यस महल १४०६ मा गरिएको हो ७२००००  स्क्वायर मिटरमा फैलिएको छ। यो महलमा  ९८० भवन रहेको छ।


 

More form the Internet

loading...