Suvadin, Home

मध्यरातमा ढुंगा हानाहान, ११ जना घाइते
भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राकाे उल्लास (फाेटाे फिचर)

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राकाे उल्लासले सर्वसाधारणलार्इ धपक्कै छाेपेकाे छ। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ। यसैबीच, रथ तान्ने क्रममा मध्यरातिसम्म ढुङ्गा हानाहान भएको छ। जसमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।
भक्तपुरमा जारी बिस्केट जात्रा। तस्बिरः महेशसिंह रैखाेला

भक्तपुर, चैत २९ – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राकाे उल्लासले सर्वसाधारणलार्इ धपक्कै छाेपेकाे छ। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ।

यसैबीच, रथ तान्ने क्रममा मध्यरातिसम्म ढुङ्गा हानाहान भएको छ। जसमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।

भक्तपुर प्रहरीका अनुसार घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल घाइते भएका छन्। 

भक्तपुर नगरपालिका वंशगोपाल घर रहेका सरोज शिल्पकार, कमलविनायकका सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भक्तपुर–३ का सुरेश जटुजु, भक्तपुर–१३ का क्षीतिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन्। 

घाइतेमध्ये प्रनानी खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल पठाइएको छ। अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरीले जनाएकाे छ।

टौमढीबाट सोमबार अपराह्न ५ बजेदेखि सुरू भएको भैरवको रथ तान्ने क्रममा रथलाई माथिका बासिन्दाले गोल्मढी पुर्याएको र रथलाई पुनः तलका बासिन्दाले तानेर टौमढी ल्याइएपछि राति ९ बजेदेखि ढुंगा हानाहानमा भएको हाे।

ढुंगा हानाहान मध्यरातसम्म जारी रहेपछि प्रहरीले भीडलाई हस्तक्षेप गरेर तितरवितर पारेको थियो। प्रहरीले नै रथ तानेर टौमढीबाट गःहिटी पुर्याएको थियो।


 

More form the Internet

loading...