Suvadin, Home
कोसीटप्पु वन्यजन्तु आरक्षणबाट दुई वटा अर्नालाई शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा ल्याइपुर्याइएको छ। अर्नालाई वनमन्त्री शंकर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा शुक्रवारै  छोडिने कार्यक्रम हाे।

चितवन, माघ १४


कोसीटप्पु वन्यजन्तु आरक्षणबाट दुई वटा अर्नालाई शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा ल्याइपुर्याइएको छ। अर्नालाई वनमन्त्री शंकर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा शुक्रवारै  छोडिने कार्यक्रम हाे।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्नाका लागि खुला खोर (इन्क्लोजर) निर्माण सम्पन्न गरिएको छ भने त्यहाँसम्म पुग्ने सडक पनि मर्मत गरी तयार पारिएको छ। बाघले अर्नाको सिकार गर्ने भएकाले खोरमा राख्ने व्यवस्था गरिएको हो।

चितवन राष्ट्रिय निकुन्जमा पछिल्लो समय बाघको संख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुला खोरमै राख्ने तयारी गरिएको निकुन्जले जनाएको छ। बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताए।

कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ। भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो बनाइएको उनले बताएका छन्। खोरमा वरिपरि सोलार फेन्सिङ गरिएको छ। जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन्।

इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो। सौराहाको हात्ती प्रजनन केन्द्रस्थित खोरसोरमा स्थानीय पर्यटन व्यवसायी, क्षेत्रीय होटल संघ, मध्यवर्ती सामुदायिक वन, स्थानीयवासी लगायतले अर्नाको स्वागत गर्ने कार्यक्रम रहेको छ।

कोसीटप्पुबाट भाले र पोथी गरी दुई अर्ना ल्याइएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलसहित संरक्षणकर्मी र प्राविधिकको टोलीले कोसीटप्पुबाट अर्नासहित बिहीबार साँझ हिँडेको थियो।

कोसीटप्पु वन्यजन्तु आरक्षणका प्रमुख श्यामकुमार शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख कँडेललाई आवश्यक कागजात दिएर अर्ना हस्तान्तरण गरेका थिए। तीन वटा अर्ना ल्याउने तयारीस्वरुप तीन वटा खोर लगिएको भए पनि दुई वटा खोरमा मात्र अर्ना ल्याइएको हो। चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ।


 

More form the Internet

loading...