Suvadin, Home
Nepal life 3.22M

निन्द्रा बिग्रनुको प्रमुख कारण यस्ता हुन सक्छन्

विशेषज्ञहरूको अनुसार स्वस्थ्य जीवनशैली जिउनका लागि कम्तिमा दिनको ८ घण्टा अनिवार्य रूपमा सुत्नु पर्दछ। अहिले कतिपय मानिसहरूलार्इ निदाउनको लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ। निन्द्रा बिग्रनु स्वास्थ्यको लागि निकै हानिकारको हो। तपाईंको निद्रा बिग्रनुका कारक तत्व धेरै हुन सक्छन्।

काठमाडाैं, ३१ वैशाख – पछिल्ला दिनहरूमा मानिसको निन्द्रमा समस्या हुने गरेको पाइने गरेको छ। निन्द्रमै समस्या भएकै कारणले गर्दा मानिसहरूमा अन्य रोगहरू समेत लाग्ने गरेको छ। विशेषज्ञहरूको अनुसार स्वस्थ्य जीवनशैली जिउनका लागि कम्तिमा दिनको ८ घण्टा अनिवार्य रूपमा सुत्नु पर्दछ। अहिले कतिपय मानिसहरूलार्इ निदाउनको लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ। निन्द्रा बिग्रनु स्वास्थ्यको लागि निकै हानिकारको हो। तपाईंको निद्रा बिग्रनुका कारक तत्व धेरै हुन सक्छन्। त्यसमध्ये प्रमुख ६ कारक यस्ता रहेका छन्ः

१) चिन्ता – कार्यालयको कामले या अन्य कुनै कुराले चिन्तित हुनुहुन्छ भने त्यस्तो बानी तत्काल छाड्नुहोस्। चिन्ता लिनु भन्दा त्यस्ता समस्याको समाधान खोज्नुहोस्। लामो सास फेर्नुहोस् र शान्त मनले सोच्नुहोस्। यो चिन्ता लिने समय होइन। रातिको समय केवल तपाईंका लागि हो। फोन साइलेन्स गर्नुहोस् र आफ्नो समय बिताउनुहोस्। आजको काम भोलि पनि हुनेछ। त्यसैले चिन्ता नलिनुहोस्।

२) भय – तपाईंको दिमागमा डर सिर्जना भयो भने पनि निद्रा नलाग्न सक्छ। त्यसैले त्यस्ता गतिविधिबाट टाढा रहनुस्, जसले डर सिर्जना गर्छ। प्रेरणादायी सिनेमा वा उपन्यासले तपाईंमा ऊर्जा जगाउन सक्छ भने थ्रिलर फिल्म वा साहित्यले डर सिर्जना गर्न सक्छ।

सिनेमामा देखाइएका बीभत्स दृश्य वा काटमारका घटनाले पनि भय सिर्जना गर्न सक्छ। कहिलेकाहीँ प्रत्यक्ष रूपमा देखेका बीभत्स घटनाको प्रभाव लामो समयसम्म मानिसको मस्तिष्कमा रहन्छ। यस्तो अवस्थामा त्यस्ता घटना बिर्सने कोसिस गर्नुहोस्। अरू नै कुरामा ध्यान दिनुस् वा ध्यान गर्न पनि सक्नुहुन्छ। भय सिर्जना हुने गतिविधिबाट टाढै रहनुस्।

३) अव्यवस्थित खानपान – कहिले बढी खाने र कहिले कम खाने बानी राम्रो होइन। कति खाने र कुन समयमा खाने भन्ने कुराले तपाईंको स्वास्थ्यमा महत्वपूर्ण अर्थ राख्छ। हरेक रात समयमै खाना खाने गर्नुस्। उस्तै अनुपातमा खानुहोस्। कहिले बढी र कहिले कम खाँदा समस्या देखिन सक्छ। त्यसैले निद्रा लाग्दैन भने ठिक्क खाने गर्नुस्। स्वस्थ खानपिन गर्नुस्।

४) गहिरो सोच – गहिरो सोचले पनि निद्रालाई असर गर्छ। जस्तै झगडा गरेर सुत्न जानुहुन्छ भने त्यतिवेला मज्जाले सुत्न सकिँदैन। रिसले तपाईंलार्इ नै हानी गर्छ। त्यसैले सकेसम्म कम सोच्नुहोस्।

५) कफी सेवन– कफीले तनाव हटाउँछ। तर, अत्यधिक कफी सेवन पनि स्वास्थ्यका लागि राम्रो होइन। रातको समयमा तपाईंले कफी लिनुभयो भने निद्रा लाग्दैन। त्यसैले कफीको सट्टा हर्बल चिया वा पानी सेवन गर्ने गर्नुस्।

६) मादक पदार्थ सेवन – मानिसहरू विभिन्न बहानामा मादक पदार्थ सेवन गर्छन। कसै–कसैले दिनभरको कामबाट थकान मेट्नका लागि पनि कक्टेल सेवन गर्ने गरेका हुन्छन्। तर, मादक पदार्थ सेवन गर्नाले तपाईंको स्वास्थ्यमा त असर गरी नै हाल्छ, निद्रा पनि प्रभावित गर्छ।

तपाईं निदाएजस्तो देखिए पनि तपाईंको निद्रा पुगेको हुँदैन। बरु तपाईंको निद्रा उल्टो बिग्रिएको हुन्छ। मादक पदार्थ सेवन गर्नुको सट्टा पानीको मात्रा बढाउनुस्।


 

More form the Internet

loading...