Suvadin, Home

योगा गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस् 


योगको शाब्दिक अर्थ हुन्छ जोड । आत्माको परमात्मासितको जोडलाई नै योग भन्‍ने गरिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यसअर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्‍न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

योगासनमा लयबद्ध तरिकाले शरीरलाई देब्रे र दाहिना, अगाडि र पछाडि मोड्ने र सीधा गर्नुपर्छ । सामान्य अर्थमा यसलाई शारीरिक व्यायाम पनि भन्‍न सकिन्छ । दैनिक रूपमा योगासन गर्नाले सेन्ट्रल नर्वस सिस्टम सन्तुलित रहन्छ । शरीरको समस्त आन्तरिक कार्यप्रणाली सुचारु रूपमा चल्छ । यसका साथसाथै कार्यक्षमता, रोगमुक्ति तथा आत्मशक्तिमा वृद्धि गर्छ ।

जीवन असन्तुलित भएको कारणले हाम्रो खानपिन, सुताइ र आराम कुनै पनि कुरा ठीकसित हुँदैन । यसकारण हाम्रो शरीरमा लचिलोपन समाप्त भइहाल्छ । शरीरमा लचिलोपन नभएको कारणले शरीरको प्रमुख स्नायु प्रणालीमा रगत, हार्मोन र अक्सिजनको संचरण राम्रो तरिकाले हुँदैन । राम्रो तरिकाले योगासन गर्नाले शरीरका स्नायुहरू लचिला भई राम्रो तरिकाले काम गर्छ ।

योग त्यस्तो विधी हो, जसले शरीरलाई समुचित ढंगले व्यायाम गराउँछ । तर, योग गर्नुअघि केही कुरा जान्‍नुपर्छ । जथाभावी गरिने वा अनियमित ढंगले गरिने योगले सकारात्मक नतिजा नदिन सक्छ ।

समयको ख्याल

योग गर्नका लागि समयको पनि ख्याल गर्नुपर्छ । खासगरी बिहानको समय योगका लागि सर्बोत्तम मानिन्छ । यतिबेला वातावरण शान्त हुन्छ । वायुमण्डलमा शुद्ध हावा चलेको हुन्छ । हुन त योग दिनभरमा जुनसुकै समय पनि गर्न सकिन्छ । यद्यपी बिहानको समय अझ सूर्योदयअघिको समय एकदम राम्रो मानिन्छ ।

स्थान

योग गर्ने स्थान शान्त हुनुपर्छ । सहज हुनुपर्छ । प्रदूषणयुक्त, कोलाहाल हुने ठाउँमा योग गर्नु त्यती राम्रो हुँदैन । सकेसम्म बगैंचा, खुला स्थान वा चउर लगायतमा योग गर्नु उपयुक्त हुन्छ ।

शारीरिक अवस्था

कतिपय शारीरिक समस्यामा योग गर्नु हुँदैन । गर्भावस्था वा कुनै दीर्घ रोगमा नियन्त्रित ढंगले योग गर्नुपर्छ । त्यसैले योग गर्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ । त्यही अनुसार चिकित्सकको परामर्श लिएर योग गर्नुपर्छ ।

सरल विधीबाट सुरु 

योग गर्नुअघि शरीर तन्काउने, खुम्च्याउने गर्नुपर्छ ।

१. खाना खानसाथ योग नगर्ने 

खाना खानसाथ गरिने योग हो, बज्रासान । यसले खानालाई पचाउन सहयोग गर्छ । अर्थात पाचन प्रणालीलाई सहज बनाउँछ । यद्यपी बज्रासान बाहेकका योग भने खाना खाए लगत्तै गर्नु हुँदैन ।

२. योग लगत्तै ननुहाउने 

योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

३. योगलगत्तै चिसो पानी नपिउने 

योग गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।

५. योग कठिन आसनबाट सुरु गर्नु हुँदैन । सरलबाट कठिनतिर जानुपर्छ ।

६. जब तपाई बिमार हुनुहुन्छ भने योग नगर्नुहोस् । यदि योग गर्न चाहनुहुन्छ भने योग गुरु वा चिकित्सकको परामर्श लिनुहोस् ।

७. योग गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

८. योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । अर्काको देखासेखी पनि योग नगरौ ।

९. कम्मर, मांशपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।


 

More form the Internet

loading...