Suvadin, Home
Nepal life 2.627M

अब फेसबुक चलाउन पनि सीमारेखा पार गर्नुपर्ने

फेसबुकको नियम अनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन्। तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन्। यसलाई समाधान गर्न फेसबुकले नयाँ एप्लीकेसन ल्याएको हो।

काठामाडाैं, मंसिर २० – विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ नयाँ एप्लिकेसन ल्याएको छ। अहिले अाएर फेसबुकमा विभिन्न समस्या देखिएकाले उसले बालबालिकालाई फेसबुक मुक्त बनाउन यस्तो एप्लीकेसन ल्याएको हो।

फेसबुकको नियम अनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन्। तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन्। यसलाई समाधान गर्न फेसबुकले नयाँ एप्लीकेसन ल्याएको हो।

फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन्। तर, यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ।

उसको नयाँ एप्लीकेसन अनुसार बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ। यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन।


 

More form the Internet

loading...