Suvadin, Home

Cover Image

तेस्रोपटक फेसबुक, ह्‍वाट्‍स एप र इन्स्टाग्राम 'डाउन'


काठमाडौं ।  सन् २०१९ मा सामाजिक सञ्‍जाल फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राममा तेस्रो पटक समस्या देखिएको छ । 

सन् २०१९ भित्रै सामाजिक सञ्‍जाल फेसबुकसहित फेसबुक इन्क कम्पनीका उत्पादनहरूमा प्राविधिक समस्या आएको यो तेस्रो पटक हो । यसअघि पनि तीन महिनाअघि  फेसबुक, म्यासेजिङ एप ह्‍वाट्स एप तथा फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राम डाउन भएका थिए । 

त्यसअघि मार्चमा पनि प्राविधिक समस्या आएपछि फेसबुकसहित उसका अन्य उत्पादन घण्टौँसम्म डाउन भएका थिए भने कतिपय प्रयोगकर्ताले यसलाई पूर्णरुपमा प्रयोग गर्न सकेका थिएनन् । 

यी तीनै सामाजिक सञ्‍जालमा समस्या देखिएपछि विश्‍वभरबाट प्रयोगकर्ताहरुले ट्विटरमा गुनासो पोखिरहेका छन् । डाउन डिरेक्टर वेबसाइटका अनुसार फेसबुक म्यासेन्जरमा फोटो हेर्न, ह्वाट्स एप प्रयोग गर्न र इनस्टाग्राममा भिडियो अपलोड गर्न समस्या देखिएको हो ।

यस्तै दक्षिण एसियाका देशहरु भारत, श्रीलंका र नेपालमा समेत यो समस्या देखा परेको छ भने इन्डोनेसिया, मलेसियासमेत फेसबुक डाउन भएको हो ।

कसैको फेसबुक लग इन भइरहेको छैन भने कसैको म्‍यासेन्जर चलिरहेको छैन । केहीको फेसबुकमा न्‍यूज फिडसमेत लोड नभइरहेकोभन्दै ट्विटरमा गुनासो गरेका छन् । 

फेसबुकले ट्विटरमा तीनवटै सञ्‍जाल समस्या आएको बताएको छ । ट्विटरमा भनेको छ, "केही प्रयोगकर्ताहरुले फोटो, भिडियो तथा अन्य फाइलहरु पठाउँदा हाम्रो एपमा समस्या देखाएको भन्दै गरेको गुनासोप्रति सचेत छौं । यस्तो समस्या आएकोमा हामी माफी चाहन्छौं र समस्या समाधानको प्रयास गरिरहेका छौं ।"


 

More form the Internet

loading...