Suvadin, Home

फेसबुकमा टेस्टाेनीले कसरी थाहा पाउछ तपार्इंका गाेप्य कुरा?

अहिले फेसबुकमा जाे काेहिले इएनटेस्टाेनी डट कमकाे पाेष्टहरू बाँडिरहेकाे देख्न पाइन्छ। कसैले विहेकाे बारेमा गरिएकाे भविष्यवाणी बाँडेका छन् भने कतिले सुहाउँदाे राजनीतिक पार्टीका बारेमा गरिएका अनुमानहरू बाँडेका छन्। त्यस्तै कतिले कुन देशमा पुगेकाे छ भनेर समेत सहि अनुमान गरिएकाे पाेष्ट बाँडेका छन्।  कसरी थाहा पाउँछ फेसबुकले सबै कुरा ?
टेस्टाेनी क्लिक गर्दा अाएकाे नतिजा।

काठमाडाैं, साउन १९–अहिले फेसबुकमा जाे काेहिले इएनटेस्टाेनी डट कमकाे पाेष्टहरू बाँडिरहेकाे देख्न पाइन्छ। कसैले विहेकाे बारेमा गरिएकाे भविष्यवाणी बाँडेका छन् भने कतिले सुहाउँदाे राजनीतिक पार्टीका बारेमा गरिएका अनुमानहरू बाँडेका छन्। त्यस्तै कतिले कुन देशमा पुगेकाे छ भनेर समेत सहि अनुमान गरिएकाे पाेष्ट बाँडेका छन्।  कसरी थाहा पाउँछ फेसबुकले सबै कुरा ?

पहिलाे कुरा फेसबुकमा बेलाबेला चर्चा कमाउने यस्ता एप्लिकेसनहरू मनाेरञ्जनात्मक उद्देश्यका साथ बनेका र तिनकाे नतिजा प्रतिकाे कुनै पनि जिम्मेवारी नलिने शर्तका साथ बनेका हुन्छन्। याे कुरा साे एप्लिकेसनकाे लिंक खाेल्दा त्यसकाे शर्तहरू पढ्ने जाे काेहिले पनि सहजै देख्न सक्छ।

साथै यस्ता लिंक खाेल्दा सामाजिक सञ्जालमा राखिएका जानकारीमा ती एप्लिकेसनकाे पहुँच हुन पाउने भनेर स्वीकार गरिनुपर्छ। फेसबुकमा सार्वजनिक गरिएका सम्पूर्ण कुरा र सामान्य अवस्थामा इमेल एड्रेस समेत यस्ता एप्लिकेसनहरूले लिने गर्दछन्। त्यसकै साहारामा धेरै जानकारी प्राप्त गर्न सक्छन्।

यसरी प्राप्त भएकाे सम्पूर्ण जानकारीलार्इ विभिन्न सफ्टवेयर द्वारा विश्लेषण गरिन्छ र व्यक्तिकाे विशेषता अनुसार विभिन्न विज्ञापनहरू उसकाे टाइमलार्इनमा अाउने गर्छ। कहिले काहिँ गुगलमा केहि कुरा किन्नका लागि खाेज्नु भएकाे थियाे भने फेसबुककाे टाइमलार्इनमा पनि देखा पर्छ। याे सबै यस्तै एप्लिकेसनकाे करामत हाे। डाटा माइनिङ्ग जस्ता प्रविधिमार्फत हाल तपार्इंकाे सामाजिक सञ्जाका गतिविधिमार्फत् तपार्इंकाे मनाेविज्ञान समेत पत्ता लगाउन सकिन्छ र तपार्इं के साेच्नु हुन्छ या तपार्इलार्इ कस्ताे साेच्न लगाउनुपर्छ भन्ने कुरा अरूले निर्णय गर्छ। फेसबुककाे टाइमलार्इनमा किन निश्चित खाले पाेष्ट मात्रै देखिन्छन् भन्ने प्रश्नकाे उत्तर पनि यहि हाे।

फेसबुक अाफैले पनि बेलाबेला प्रयाेग कर्तामाथि विभिन्न मनाेवैज्ञानिक प्रयाेग गरिरहेकाे हुन्छ। जानीनजानी हामी धेरै पटक त्यसमा सहभागी भएका हुन्छाैँ। यदि अाफ्नाे तथ्याङ्क सुरक्षित राख्न चाहनु हुन्छ र अाफूलार्इ कृत्रिम प्रभावबाट जाेगाउन चाहनु हुन्छ भने सामाजिक सञ्जाल चलाउँदा थाेरै ध्यान दिनु अति जरूरी छ। नत्र भने तपार्इंका गाेप्य कुरा पनि कसैले दुरूपयाेग गरिरहेकाे हुन सक्छ त्याे पनि तपार्इंलार्इ पत्तै नदिइ।

 


 

More form the Internet

loading...