Suvadin, Home

के खान्छन् योगगुरू रामदेव? के हो फिटनेसको राज?

भारतीयका चर्चित योगगुरू रामदेव ५२ वर्षका भए। तर, अहिले पनि उनी फिट छन्। प्रायः मानिसहरु ५०–५२ वर्षको उमेरमा पाको देखिन्छन्। र,  कपाल पनि सेतो भइसकेको हुन्छ। तर, योगगुरु रामदेवको कपाल कालो छ। विश्वभर प्रसिद्ध रामदेव थुप्रै देशमा पुगेर योग सिकाइरहेका छन्। उनी खानपानका सवालमा पनि प्रशिक्षण र प्रवचन दिन्छन्। तर, उनी आफूँ चाहिँ के खान्छन् त?
योगगुरू रामदेव।

काठमाडौं, ७ भदौ – भारतीयका चर्चित योगगुरू रामदेव ५२ वर्षका भए। तर, अहिले पनि उनी फिट छन्। प्रायः मानिसहरु ५०–५२ वर्षको उमेरमा पाको देखिन्छन्। र,  कपाल पनि सेतो भइसकेको हुन्छ। तर, योगगुरु रामदेवको कपाल कालो छ।

विश्वभर प्रसिद्ध रामदेव थुप्रै देशमा पुगेर योग सिकाइरहेका छन्। उनी खानपानका सवालमा पनि प्रशिक्षण र प्रवचन दिन्छन्। तर, उनी आफूँ चाहिँ के खान्छन् त?

१, योगगुरु रामदेव बिहान एक गिलास तातो पानी पिउँछन्। त्यसपछि ५ देखि ८ बजेसम्म योग गर्छन्।

२, योगपछि तातो पानीसँग अमला र घ्यूकुमारीको जुस पिउँछन्। उनी भन्छन्, ‘मेरो उमेरका मानिसको आधा कपाल सेतो भइसक्छ। तर, यस्तो जुस पिएकै कारण मेरो कपाल अहिलेसम्म पनि कालो नै छ।’

३, रामदेवले बिहानको खाजामा खजुर, अञ्जिर र बदाम भिजाएर खाने गर्छन्। त्यस्तै, ५–७ वटा बदाम र २–३ वटा ओखर पानीमा भिजाएर खान्छन्। त्यस्तै, उनले आधा कचौरा टुसाएको गेडागुडी खान्छन्।

४, दिउँसोको खानामा उनी हरियो सागसब्जी र एक कचौरा दही  खाने गर्छन्।

५, त्यस्तै, बेलुकीको खानामा उनले सिजनल फलफूल र एक गिलास दूध खाने गर्छन्। उनले १८ वर्षसम्म कुनै अन्न नखाएको र पछिल्लो समयचाहिँ थोरै–थोरै खान थालेको बताउँछन्।

६, आफू सधैँ खुशी रहने रामदेव बताउँछन्। उनले एक्सन, रियाक्सन र रुम एक्सन निकै खतरनाक भएको बताएका छन्। उनी हरेक समय हाई कन्सस र क्रिएटिभ रहन सुझाव दिन्छन्।


 

More form the Internet

loading...