Suvadin, Home
Nepal life 2.6M

हुवावे मोबाइल कम्पनीको उपप्रमुख क्यानडामा पक्राउ

हुवावेले भने मेंग माथि लागेको उक्त आरोपको बारेमा निकै कम जानकारी भएको र उनले कुनै गलत काम नगरेको बताएको छ।

काठमाडाैं, २० मंसिर – अमेरिकी सुरक्षा निकायको आग्रहमा चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपप्रमुख मेंग वानजाउ क्यानडामा पक्राउ परेकी हुन्। चिनियाँ दुरसञ्चार कम्पनीका संस्थापककी छोरी पनि रहेकी मेंगलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको थियो।

उनी चिनियाँ मोबाइल कम्पनी हुवावेकी आर्थिक मामिला प्रमुख समेत रहेकी छन्। पक्राउ सम्बन्धी अन्य विवरणहरु सार्वजनिक गरिएको छैन। तर, हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरुको उल्लघंन गरेको हुनसक्ने भन्दै अमेरिकाले उनीमाथि छानबिन गर्दे आइरहेको बताइएको छ।

गत अप्रिलमा अमेरिकी अधिकारीहरूले हुवावेका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा गरेका थिए। मेंगलाई पक्राउ गरिएको विरोधमा क्यानडास्थित चिनियाँ दूतावास अगाडि केहीले प्रदर्शन गर्दे उनको रिहाईको माग गरेका थिए।

हुवावेले भने मेंग माथि लागेको उक्त आरोपको बारेमा निकै कम जानकारी भएको र उनले कुनै गलत काम नगरेको बताएको छ। व्यापारिक विषयलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चलिरहेको बेला मेंगको पक्राउलाई संवेदनशील मानिएको छ। यि दुई देशले केही समय पहिलेदेखि एक अर्काको सामानमाथि अर्बाै डलर बराबरको शुल्क लगाउदै आइरहेका छन्।

तर हालैमा उनीहरु बीच ९० दिनका लागि कुनै नयाँ शुल्क नलगाउने सम्झौता पनि भएको थियो। यो समयमा मेंगको पक्राउलाई अर्थपूर्ण मानिएको छ। 


 

More form the Internet

loading...