Suvadin, Home

पढ्‍ने बानी छैन भने थाहा पाउनुहोस्,  कतिबेला पढ्ने किताब ?

अहिले मोबाइल, कम्प्युटर र इन्टरनेटका कारण मानिसले पढ्ने बानी घटाउँदै लगेको छ । इन्टरनेटभित्रका राम्रा सामग्री पढ्नुभन्दा पनि सामाजिक सञ्जालमा दिन बिताउने कुलत बढदै गएको छ । यूटुबमा निरर्थक भिडियो हेरेर समय र जीवन व्यर्थ खेर फाल्ने लाखौ होइन करोडौं छन् ।

इन्टरनेटमा हाम्रो जिवनका लागि उपयोगी सामाग्री नहुने हैन, तर आमा मानिसको रुची अनुत्पादक सामाग्रीतर्फ बढदैछ । यो बाढिको रुपमा हाम्रो मन-मस्तिष्कमा पसेको छ । यो बाढीले धेरैलाई बगाउन थालेको छ । जीवन जिउनुपर्ने एकातिर, हामी बाँच्न थालेका छौं, फेसबुकतिर । ‘अति सर्वत्र वर्जयते’ भनेर हामो शास्त्रमा त्यसै लेखिएको हैन । अति भयो भने त्यसले खतिबाहेक केहि गर्दैन । इन्टरनेट, व्यापार गर्ने माध्यमका रुपमा आएका अनेक सञ्जाल र भिडियोका कारण हाम्रो पढने संस्कृति हराउँदैछ । हामीले पढ्न नै बिर्सिएका छौं । हेक्का रहोस्, पुस्तक पढ्नु जीवनमा खाना जत्तिकै महत्वपूर्ण छ ।

काम नगरी माम मिल्दैन न त सम्मान नै मिल्छ । बाध्यताले हामी काम गरिरहेका छौं । बाध्यताले गर्ने कामले उति राम्रो आम्दानी दिदैन । अनि जति समय बाँकी रहन्छ, खानपिन र सुत-उठ बाहेकका समय हामीले इन्टरनेट त्यो पनि फेसबुकजस्तो सामान्य कुरालाई दिन थालेका छौं । फेसबुक सधैं नराम्रो हुँदैन तर यसको दुरुपयोग बढदै गएको छ । विशेषगरी काम नलाग्ने प्रसँगमा हामी जीवनको अमुल्य समय अल्झाइरहेका छौं । नचिनेका-नबुझेका मानिसलाई बढि समय दिइरहेका छौं ।

अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । यसको साटो हामी सुको नआउने स्टाटसमा लाइक ठोकिरहेका छौं । आफ्नो जीवनसँग कुनै तादात्म्य नराख्ने पक्षमा बढदै गएको हाम्रो अध्ययन, चिन्तन र व्यक्तित्व विकासका धेरै आयाममा हामी पछि परिरहेका छौं र जीवन नै पछाडि पर्दै गइरहेको छ ।

मानिसले निरन्तर पढ्नुपर्छ । जसले जति बढि अध्ययन गर्‍यो, उ त्यति नै माथि गएका उदाहरण छन् । तपाईंले जति पनि सम्पन्न मानिस देख्नु भएको छ, उनीहरु पढछन् । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो । कुनै नयाँ ठाउँमा गएर भाषण गर्नुपर्‍यो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यस ठाउँका बारेमा पहिल्यै अध्ययन गर्ने गर्छन् । अझ, सम्बन्धित ठाउँको स्थानिय भाषासमेत सिकेर एक दुई लाइन सोही भाषामा भाषण ठोक्दिन्छन् । अनि सबैको मन जित्छन् । हो, मोदी मात्र हैन, सँसारका धरै सफल मानिसहरु आफुले डिल गर्नुपर्ने विषयमा पर्याप्त अध्ययन गर्छन् र अरुलाई पछाडि पारेर अघि बढ्छन् ।

जो पछि परिरहेका हुन्छन्, उनीहरु पछि पर्नुको कारण अध्ययनको कमी हो । क्षमता त होला, तर अध्ययन भएन । अध्ययन नहुनुको कारण चाहिँ उही फालतु विषयमा अल्झीनु नै हो । मैले संसारका प्रशिद्ध व्यक्तिहरुको अध्ययन गर्दा के पाएँ भने उनीहरु माथि जानुको एउटै कारण रहेछ, अध्ययन र त्यसपछि मेहनत । केही सफलता अन्य कुराले पनि प्राप्त गर्न सकिन्छ तर अध्ययन र मेहनत बिना सफलता दीगो हुन सक्दैन ।

कुन बेला पढ्दा उत्तम

मानिसलाई सबैभन्दा बढि फुर्सद राती सुत्ने बेलामा हुन्छ । यो समयमा मानिसले जुन कुरालाई महत्व दिन्छ, उसले त्यहि कुरा प्राप्त गर्छ । वैज्ञानिकका अनुसार मानिसले सबैभन्दा बढी सुत्ने समयमै नेट चलाउने गर्छ । र, राति सुत्ने बेलामा नेट चलाउँदा निद्रामा अवरोध सिर्जना हुन्छ ।

शास्त्र अनुसार राति सुत्ने बेलामा मानिस जुन अवस्थामा सुत्छ, भोलिपल्ट उठ्दा त्यही भावमा हुन्छ । राति नेटको प्रयोग गरेेर प्राप्त भएका तनावको प्रभाव भोलिपल्ट त्यो मानिसमा पर्छ । त्यसैले राति सुत्ने बेलामा यस्ता विषयहरुको अध्ययन गरौं, जसले मनमा उत्साह जगाओस्, सिर्जनशील काम गर्न प्रेरणा देओस् र सकारात्मक भाव पैदा गरोस् । राति आफूलाई रुची भएका कुरा पढ्दै जाने हो भने त्यसले जीवनमा राम्रो प्रभाव पार्दै जान्छ ।

यसको सबैभन्दा राम्रो उदाहरण हुन्, सफ्टवेयर किङ विल गेट्स । विल गेट्स कहिल्यै पनि सुत्नुअघि नेट चलाउँदैनन् । उनी सुत्नुअघि जहिल्यै अध्ययन गर्छन् । उनको विचारमा नेटमा सामान्य सूचना मात्र पाइन्छ । गम्भीर ज्ञानका लागि पुस्तक नै पढ्नुपर्छ । सायद यो कुरा उनले धेरैअघि बुझेका थिए र विश्वप्रशिद्ध भए । विल गेट्स मात्रै होइन, चर्चित बिलेनियर वारेन बाफेट पनि दैनिक ४ घन्टा पढ्छन् । यति व्यस्त मानिसले कुनै पुस्तकलाई २० मिनेट दिनु नै महत्वपूर्ण कुरा हो । तर, बफेटजस्तो व्यस्तता मान्छेले ४ घन्टा दिनुको अर्थ हो, पुस्तक अध्ययनले मानिसलाई अरुभन्दा फरक बनाउँछ ।
अध्ययनको शक्ति

अमेरिकामा अहिले एउटा आहान चल्न थलेको छ । त्यो हो-रिडर्स आर लिडर्स । उनीहरुले नै इन्टरनेट पत्ता लगाए । त्यसमा महत्वपूर्ण कुरा राखेे । तर उनीहरु भने पुस्तक अध्ययन गर्छन् । इन्टरनेट चलाए पनि उनीहरु त्यसबाट पुस्तक डाउनलोड गरेर ट्याब वा किन्डलमा पुस्तक नै पढ्छन् ।

जो मान्छे जति बढि अध्ययनशील भयो, उसले उति नै पढ्ने भएकाले विल गेट्सले आफ्ना सन्तानलाई जहिल्यै पुस्तक पढ्न प्रेरित गरे । बिल गेट्सले हामीलाई कम्प्युटर र मोवाइल दिए । हामी उनका कुरा चलाउँछौं । उनी भने नयाँ-पुराना, पूर्वीय-पाश्चात्य पुस्तक पढिरहन्छन् । यहि अवस्था आइफोनका निर्माता स्टिभ जब्सको पनि थियो । उनी पनि निरन्तर अध्ययन गर्दथे ।
योगी डा. विकासानन्दकले दिएको प्रवचनमा आधारित


 

More form the Internet

loading...