Suvadin, Home

Cover Image

विकराल बन्दै आत्महत्या, के हो कारण र न्यूनीकरण कसरी गर्ने ? 


काठमाडौं । आत्महत्या विकराल समस्याका रूपमा देखापर्दै छ ।   यसलाई मनोवैज्ञानिक, सामाजिक र जैविकगरी तीन कोणबाट विश्लेषण गर्न सकिन्छ ।   बेरोजगारी, निराशापन, डिप्रेसन, एक्लोपना, सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलगायत आत्महत्याका कारक तत्व बन्ने गरेका छन् ।   

संयुक्त राष्ट्रसंघको सन् २००८ को प्रतिवेदनअनुसार नेपालमा आत्महत्या गर्नेमध्ये १५ देखि ४९ वर्षका महिलाको संख्या ठूलो छ ।   १० वर्षयता मातृमुत्युदरमा उल्लेखनीय कमी आएको छ, तर, दुग्भार्यवश आत्महत्याको दर उकालो लागिहरेको छ ।   

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा सबैभन्दा बढी पाँच हजार तीन सय ४६ वटा आत्महत्याका घटना दर्ता भएका छन् ।   जबकि, २०६० देखि ०७० सम्म १० वर्षको अवधिमा तीन हजार नौ सय ७४ वटा आत्महत्याका घटना दर्ता भएका थिए ।   

कारण

 मानसिक रोग, पारिवारिक अवस्था, वैवाहिक सम्बन्धमा उतार–चढावलगायत कारणले मानिसलाई आत्महत्याको मुखसम्म पु¥याएको प्रहरी अनुसन्धानले देखाउँछ ।   त्यस्तै, लागुपदार्थ दुव्र्यसन, मुख्यतः रक्सीको सेवन गर्ने युवाहरूले आत्महत्याको प्रयास धेरै गरेको देखिन्छ ।   

विश्वव्यापी रूपमा हेर्ने हो भने, बढ्दो औद्योगीकरण, सामाजिक संरचनामा आउने परिवर्तन, पारिवारिक विघटन, भौतिकवाद, व्यक्तिवाद, उपभोक्तावादी संस्कृतिको प्रभाव र असहिष्णुता, आध्यात्मिक चिन्तनको कमीलगायत आत्महत्याका प्रमुख कारण हुन् ।   

पारिवारिक तथा सामाजिक परिवेश, कमजोर आर्थिक अवस्था, कमजोर मनोविज्ञान, असफलतालगायत कारणले मानिसलाई डिप्रेसनमा पु-याउन सक्छ र मानिसले आत्महत्या गर्न सक्छ ।   खासगरी दैनिक जीवनमा आइपर्ने विभिन्न परिस्थितिलाई व्यवस्थापन गर्न सकिएन भने डिप्रेसनको सिकार भइन्छ ।   जसको प्रतिफल आत्महत्या हुन सक्छ । 

डिप्रेसनले व्यक्तिमा निराशापन ल्याइदिन्छ ।   आत्महत्याको अर्को कारण मानसिक रोग हो ।   मानसिक समस्यासमेत तनाव र डिप्रेसनसँग जोडिएको हुन्छ ।   कुनै खालको मानसिक रोग भएका व्यक्तिमा आत्महत्याको सोच आउने गर्छ ।   तर, एकदमै कम व्यक्तिले मात्रै मानसिक रोगका कारण आत्महत्या रोजेका छन् ।   
लक्षण र रोकथाम

आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो ।   हरेक व्यक्तिले आत्महत्याको सोच एक–अर्कासँग सेयर गरिरहेको हुन्छ ।   यदि, कुनै व्यक्तिले आत्महत्याको विचार सेयर गरेमा, डिप्रेसनको लक्षण देखिएमा, व्यवहारमा परिवर्तन आउन थालेमा परिवार तथा साथीभाइले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।   यस्ता व्यक्तिलाई समयमा नै उचित परामर्श दिन सकेमा अस्वाभाविक मृत्युको मुखबाट जोगाउन सकिन्छ ।   

सामान्यतया आत्महत्याको विचार पैदा हुनासाथ सम्बन्धित व्यक्तिलाई उचित मनोवैज्ञानिक परामर्श दिनुपर्छ ।   त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सको सल्लाहमा उपचार गर्नुपर्छ।

 यस्ता प्रकारका मानिस लागुपदार्थ र मद्यपानको लतमा छन् भने तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ ।   

(मनोविद् डा. करुणा कुँवरसँग गरिएको कुराकानीमा आधारित ।)
 


 

More form the Internet

loading...