Suvadin, Home
Nepal life 2.601M

आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर मंसिर ७ गतेदेखि नेपालमा, कुन–कुन कलरमा उपलब्ध?

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि ग्राहकले यो वेवसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन्।

काठमाडौं, ५ मंसिर – एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर नोभेम्बर २३ तारिख अर्थात मंसिर ७ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ।

आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। उक्त अाइफोन ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा उपलब्ध गराइने भएको छ। आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी  स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ। त्यस्तै आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गरेको छ। ग्राहाकहरूले अाइफोनको आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर बिर्तामोडबाट मात्र खरिद गर्न अाग्रह गरिएको छ।

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि ग्राहकले यो वेवसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन्।


 

More form the Internet

loading...