Suvadin, Home

जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ? अपनाउनुहोस् यी पाँच टिप्स

जागिरका लागि लिइने अन्तर्वार्ता कुनै औपचारिकतामात्रै होइन। यसमा कुनै पनि क्यान्डिडेट तोकिएको पोस्टका लागि शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्षमा सक्षम छ कि छैन भनेर जाँच्ने काम गरिन्छ।  विभिन्न कम्पनीमा मानव स्रोत विभाग (एचआर डिपार्टमेन्ट) मा म्यानेजरको भूमिकामा रहेर काम गरिरहेका दुई हजार जनासँग कुराकानी गरेर गरिएको अनुसन्धानले एउटा निकै रोचक र उपयोगी तथ्य पत्ता लगाएको छ। 
सांकेतिक तस्बिर।

काठमाडौं, असोज २६– जागिरका लागि लिइने अन्तर्वार्ता कुनै औपचारिकतामात्रै होइन। यसमा कुनै पनि क्यान्डिडेट तोकिएको पोस्टका लागि शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्षमा सक्षम छ कि छैन भनेर जाँच्ने काम गरिन्छ। 

विभिन्न कम्पनीमा मानव स्रोत विभाग (एचआर डिपार्टमेन्ट) मा म्यानेजरको भूमिकामा रहेर काम गरिरहेका दुई हजार जनासँग कुराकानी गरेर गरिएको अनुसन्धानले एउटा निकै रोचक र उपयोगी तथ्य पत्ता लगाएको छ। 

अनुसन्धानमा सहभागीमध्ये अधिकांशले दावी गरेका छन्, ‘हामी कुनै पनि क्यान्डिडेटलाई हायर गर्ने कि नगर्ने भन्ने कुरा पहिलो ९० सेकेण्ड भित्रमै तय गर्छौं। ’विभिन्न कम्पनीका लागि अन्तर्वार्ता लिँदै आएका २ हजार मध्ये ५५ प्रतिशत म्यानेजरका अनुसार ढोकाबाट भित्र प्रवेश गरेसँगै उसको चालढाल र व्यक्तित्वले नै रोजगारदातामा छाप छोड्छ ।

यसका अलावा आवाजको स्पष्टता, आत्मविश्वास र भाषिक शुद्धताले पनि रोजगारदाताको मन जित्ने हुन्छ ।    

१. लापरवाही गर्नु हुँदैन्

अन्तवार्ताका लागि ढिलो गरी पुग्नु ठिक हुँदैन्। दास्रो कुरा कम्पनीका बारेमा रिसर्च नगर्नु, यदि तपाई अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने यसलाई गम्भिर रुपमा लिनुहोस्।

हुनसक्छ कि तपाईँसँग पहिलो सवाल यहि गर्न सक्छन्–तपाईँ हाम्रो टर्न ओभरको बारेमा के सोच्नु हुन्छ? तपाईलाई के लाग्छ हाम्रो कम्पनी कता जादै छ?’ यदि तपाईलाई कम्पनीको बारेमा केहि पनि थाहा नभएपछि तपाई मुश्कीलमा पर्नु हुन्छ।

२. हो, होइन मा उत्तर दिनबाट बच्नुस्

अन्तर्वार्ता तपाईँको शिष्टाचारको व्यवहार त्यो व्यक्तिमा आधारित हुनु पर्छ जो तपाईलाईँ प्रश्न गर्दैछन।  एक शब्दमा जवाफ दिनुबाट बच्नुपर्छ।  यो भन्दा खराब के हुन सक्छ कि कसैले तपाईँलाई प्रश्न सोधोस् र तपाईले हो, होइन मात्रमा जवाफ फर्काउनु भयो। यसको राम्रो प्रभाव पर्दैन।

३. साथीको जस्तो व्यवहार देखाउनु हुँदैन 

अन्तर्वाता दिन जानु भएकाे छ भने आफ्नो सीमामा रहनु पर्छ। साथीको रबैया राख्नुस् तर, बढी फ्रेन्डली नहुनुहोस्।  तपाईँका प्रश्नको जवाफ तपाईको पुरा क्षमताका साथ दिनुपर्छ। इमान्दार हुँदै राम्राे अन्तर्वार्ता दिनुहोस्। 

४. हत्तपत्त बाहिर ननिस्कनुस्

यो कुराको ख्याल गर्नुहोस् अन्तर्वार्ता  तब मात्र सकिन्छ जब, तपाईँ कोठाबाट बाहिरनु हुन्छ। अन्तर्वार्ता  प्रश्न सकिने बित्तिकै सकिएको हुँदैन्।  बाहिर निकल्नु भन्दा अगाडि कोही उम्मेद्वार फर्केर तपाईँलाई भन्छन् कि मलाई साञ्चिकै यो जागिर चाहिएको छ। तब यसको छुट्टै छाप बस्छ।

५. अन्य उम्मेद्वारसँग आफूलाई तुलना नगर्नुस् 

तपाईँ के गर्न सक्नु हुन्छ, यहाँ भन्नु ठिक छ। तर, अर्काको कुरा काट्नु जरुरी छैन्। यो कुरालाई ध्यानमा राख्नुस् कि तपाईँ सधैँ एक नम्बर हुन नसक्नु पनि हुन्छ। हुनसक्छ मैले जागिरका लागि कसैअरुलाई चुनेको हुनसक्छ। तर, पछि उ आशामा खरो उत्रिएका छन्। 

त्यस स्थितिमा मा तपाईँलाई बोलाउन सकिन्छ। त्यसैले, तपार्इँ राम्रो व्यवहार दर्साउनुहाेस्।


 

More form the Internet

loading...