Suvadin, Home

Cover Image

मस्तिष्कको सक्रियताले निर्धारण गर्छ मानिसको आयु !

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । 

जस्तै कतिपय व्यक्तिमा हुने वंशाणुगत समस्या नियन्त्रणको बाहिरको कुरा हो तर धेरै अवस्थामा जीवनआयु हाम्रो वातावरण र जीवनशैलीमा भर पर्छ जसलाई हामीले चाहेमा परिवर्तन गर्न सक्छौँ । 

यसैबीच जर्नल ‘नेचर’ मा प्रकाशित नयाँ अध्ययनले मानिसको जीवनआयु निर्धारण गर्ने फरक कारक पत्ता लगाएको छ । अन्ुसन्धानका अनुसार हाम्रो शरीरमा अत्याधिक न्युरल गतिविधि अर्थात मस्तिष्क सम्बन्धी क्रियाकलाप, छोटो जीवन आयुसँग सम्बन्धित छ भने त्यही अतिरिक्त क्रियाकलापलाई दबाएर राखेमा जीवन आयु केही लामो हुन सक्नेछ । 

यसरी यो निष्कर्ष मृत्युबाट जोगिने स्प्ष्ट उपाय नभए पनि यसले औषधि वा व्यवहारिक परिवर्तन जस्तै ध्यान, योग मार्फत मष्तिष्कको गतिविधि कम गरि बुढेसकालका असर कम गर्न सकिने संकेत दिएको छ । 

यसरी हाम्रो स्नायु प्रणालीको क्रियाकलाप र जीवनआयु एकअर्कासँग सम्बन्धित रहेकाबारे पहिले पनि अनुमान लगाइएको थियो । किनकि मस्तिष्क नियन्त्रण गर्ने मेकानिजमको हाम्रो पाचन प्रणालीसँग पनि नजिकी सम्बन्ध हुने गरेको डाक्टर ब्रुस यांकर बताउँछन् जो हाभर्ड मेडिकल स्कुलका जेनेटिक्स र न्युरोलोजी प्रोफेसर हुन् । 
तर थोरै मस्तिष्क क्रियाकलापले पनि मानिसको जीवनआयुलाई प्रभाव पार्ने कुराले भने उनी अचम्मित परेका हुन् । किनभने यसअघि वैज्ञानिकहरुले सक्रिय दिमागले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विस्वास गरेका थिए । 

यस्तोमा उनी र उनका सहकर्मीहरुले विभिन्न उमेर समुहका सर्यौँ मृतकहरुको दिमागी टिस्यु परीक्षण गरेका हुन् । 

जसपछि नै उनीहरुले ७० देखि ८० वर्ष उमेरमा मृत्यु भएकाहरुको तुलनामा ९० देखि १०० वर्षका मृतकको  टिस्युमा कम न्युरल क्रियाकलाप पत्ता लगाएका हुन् ।  यसरी जिन र बुढेस्काल सम्बन्धी अनुसन्धान गर्दा प्रायः वैज्ञानिकहरुले किरामा परीक्षण गर्ने गर्छन् जसको जीवनआयु छोटो हुनेहुँदा अध्ययन धेरै सहज हुन्छ । 

यस क्रममा उनीहरुले तिनको न्युरल क्रियाकलाप उमेरसँगै बढ्दै जाने गरेको पाएका हुन् । यसपछि अध्ययकर्ताले ती न्युरल गतिविधिलाई शान्त पार्ने औषधि दिँदा अन्यको तुलनामा तिनीहरु लामो समय बाँचेको पनि पाए तर अर्कोतर्फ न्युरल क्रियाकलापलाई बढावा दिँदा भने उनीहरु छिटै मर्ने गरेको पत्ता लगाए । यांकर भन्छन्, “हामीले मुसामा अनुसन्धान गर्दा पनि यही नतिजा प्राप्त भयो । त्यसैले मानसिक गतिविधिको असर वास्तवमै महत्वपूर्ण हुन सक्ने थाहा भएको हो ।” 

यसपछि उनीहरुले न्युरल क्रियाकलाप निर्देशन गर्ने ‘सिइओ प्रोटिन’ पत्ता लगाउने प्रयास गरे । 

यसमा कम्प्युटर अल्गोरिदमको प्रयोग गरेर हेर्दा उनीहरुले ‘आर.इ.एस.टी’ नामक प्रोटिन फेला पारेका हुन् जसलाई यांकरको ल्याबले नै डिमेन्टियाबाट बचाउन सक्ने तत्वका रुपमा साबित गरेको थियो । उनले थप व्याख्या गर्दै भने, “जब हामीले त्यो प्रोटिन किरालाई दियौँ, त्यसको स्नायु प्रणाली कम सक्रिय भयो र त्यो लामो समय बाँच्यो । यसपछि त्यसको विपरित प्रक्रिया अपनाउँदा चाािहँ बढी सक्रियतासँगै किराको जीवनआयु घटेको हो ।” 

त्यसैले यो खोज पश्चात् आरइएसटी, अल्जाइमर लगायतका न्युरो सम्बन्धी रोगहरु विरुद्ध उपयुक्त उपचार हुन सक्ने यांकरको निस्कर्ष छ । किनकी यसअघिका अनुसन्धानमा अल्जाइमरका बिरामीमा न्युरल क्रियाकलाप अधिक मात्रामा हुने गरेको पाइएको थियो जहाँबाटै यो रोग उत्पति हुन्छ । 
यसरी वास्तविक जीवनमा आवश्यक कार्यलाई संरक्षित गर्दै अत्याधिक मस्तिष्क गतिविधिलाई दबाउनेबीच सन्तुलन राख्न धेरै कठिन छ तर असम्भव नभएको यांकरले दाबी गरेका हुन् । यस्तोमा योगा र ध्यान जस्ता व्यवहारिक शैलीले दिमागको न्युरल क्रियाकलापलाई कम गरि सम्भावित रुपमा जीवनआयु बढाउन सकिने बताइएको हो ।– टाइमबाट 


 

More form the Internet

loading...