अनुहारकाे सुरक्षा कसरी गर्ने? अपनाउनुस् यी १० टिप्स
काठमाडाैं, असाेज ५ - हामी सबैको बानी बिहान उठेपछि सबै भन्दा पहिला मुख धुँने गरिन्छ। स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ। यसरी दैनिक रुपमा पटकपटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ। यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ। जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ।
मुख धुँदा के के नगर्ने भन्ने विषयमा तपार्इहरूलार्इ जानकारी नहुन सक्छ। तसर्थ यी १० टिप्स अपनाउनुहाेस्।
१. हल्का मनतातो पानीले अनुहार धुँदा प्रयोग उत्तम मानिन्छ।
२. अनुहार चाहिने भन्दा बढी नधुनुस्। यसो गर्दा अनुहारको स्किनमा असर गर्छ।
३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस्। अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।
४. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस्।
५. फेसवास वा साबुन अनुहारमा धेरै बेरसम्म नरगड्नुस्।
६. अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ। तर, यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।
७. अनुहार सफा गर्दा हतार नगर्नुस् । सधैं राम्रोसँग अनुहार सफा गर्नुहोस् ।
८. अनुहार सफा गरेपछि स्किन सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस्।
९. अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृतिलार्इ ख्याल गर्नुस्।
१०. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस्।