Suvadin, Home

आज चन्द्रग्रहण, थाहा पाउनुहोस् के गर्नु हुँदैन?

साउन २३ अर्थात् सोमबार (आज) शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ। सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
चन्द्रगहणर

काठमाडौं,  साउन २३– साउन २३ अर्थात् सोमबार (आज) शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ।

सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ। एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने छ।

एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ। चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ। छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ। शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ।

सोमबा खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले आज गरिने भनिएको  उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन  श्रावणशुक्ल पञ्चमी साउन १३ गते सारिएको थियो।


 

More form the Internet

loading...