Suvadin, Home

१७ वर्षपछि विश्व सुन्दरीकाे ताज
भारतीय सुन्दरी मानुषी चिल्लर बनिन् मिस बर्ल्ड

चीनको सान्यामा सम्पन्न भएको मिस बर्ल्ड–२०१७ काे ताज भारतीय सुन्दरी २१ वर्षीय मानुषी चिल्लर भएकी छिन्। हरियानाकी मानुषी चिल्लर भागत फुलसिंह मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन्।
मिस बर्ल्डका विजेता।

काठमाडौं मंसिर ३ – चीनको सान्यामा सम्पन्न भएको मिस बर्ल्ड–२०१७ काे ताज भारतीय सुन्दरी २१ वर्षीय मानुषी चिल्लर भएकी छिन्। हरियानाकी मानुषी चिल्लर भागत फुलसिंह मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन्।

चिल्लरले १७ वर्षपछि भारतमा मिस बर्ल्डकाे उपाधि भित्र्याएकी हुन्। डाक्टर परिवारमा जन्मेकी मानुषी १ सय ८ प्रतिष्पर्धी मध्ये ४० स्थानबाट व्यूटीविथ प्रपोजमा १५औं स्थान हुँदै टप ५ मा छनोट भएकी थिइन्।

टप ५ को छनोटमा भियतनाम, दक्षिण अफ्रिका, इन्डाेनेशिया, फिलिपिन्स र भारतका सुन्दरी रहेका थिए। निर्णायकले 'कुन व्यवसायमा सबैभन्दा बढी पारिश्रमिक हुनुपर्छ र किन?' भनेर सोधेको प्रश्नको उत्तरमा उनले, ’आमा सबैभन्दा बढी सम्मानको हकदार हुन्छिन्, जहाँसम्म पारिश्रमिककाे कुरा छ, अामाले गर्नुभएकाे मेहनत र बलिदानीलार्इ पैसामा तौलिन सकिन्न।'

उनले अगाडि थपिन्, 'यो प्रेम र सम्मानको कुरा हो, र आमाले बच्चाका लागि सर्वश्व त्यागेकी हुन्छिन्।’ उनकाे यस्ताे उत्तरले सबैको मन त जित्याे नै। मिस बर्ल्डको उपाधि पनि उनले जित्न सफल भइन्। मेक्सिकोकी सुन्दरी एन्ड्रेज मिया फस्ट रनर अप भएकी छिन्। इंल्यान्डकी स्टेफनी हिल सेकेन्ड रनर अप भएकी छिन्।


 

More form the Internet

loading...