Suvadin, Home

नियमित योग, भइन्छ निरोग !

दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नवीन आनन्द योग केन्द्रका प्रशिक्षक नवीन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग पनि निको पार्न सम्भव भएको दाबी गर्न्छन्। योग साधकका अनुसार योगबाट शरीरमा स्फूर्ति बढ्ने, ग्यास्ट्रिक, कपाल फुल्ने अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोग निको पार्न सकिन्छ। 
ध्यान गर्दै अाेशाे सन्यासी। तस्बिरः शुभदिन

ध्रुवसागर शर्मा, म्याग्दी चैत १० – एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ। रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ। उनी निर्धक्क गाउँमा हिँडडुल गरिरहेका भेटिन्छन्।

श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गलाघाटकी सुमित्रा पुन पनि रोगमुक्त भएका छन्। थापा र पुन त्यत्तिकै ठीक हुनुभएको होइन, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उनहरूले स्वास्थ्यलाभ गरेका हुन्। योग गरेर १५ दिनमै उहाँहरूको स्वास्थ्यमा परिवर्तन आएको हो। 

दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नवीन आनन्द योग केन्द्रका प्रशिक्षक नवीन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग पनि निको पार्न सम्भव भएको दाबी गर्न्छन्। योग साधकका अनुसार योगबाट शरीरमा स्फूर्ति बढ्ने, ग्यास्ट्रिक, कपाल फुल्ने अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोग निको पार्न सकिन्छ। 

शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएको बेनी बजारका बयोवृद्ध नैनकुमार श्रेष्ठले बताए। त्यसैगरी, नियमितरुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताएका छन्। रासस


 

More form the Internet

loading...