Suvadin, Home

ऋण लिएर क्यामेरा किने, ब्रिटिश लाहुरे बन्ने सपना त्यागेर भए फोटोग्राफर

लाहुरे बन्ने सपना बोकेर पोखरा हुँदै काठमाडौं आएका थिए नवीनबाबु। तर, जीवनको लक्ष्यको भारी एकातिर बिसाएर उनी फोटोग्राफी कर्ममा व्यस्त छन् अहिले। ‘लक्ष्य, सपना एउटा हुन्छ, समयले अरुतिरैको जिम्मेवारी दिँदो रहेछ,’ नवीनबाबु भन्छन्, ‘म समयले दिएको दायित्व नै पूरा गरिरहेको छ।’ नवीनबाबुलाई लाग्छ, तस्वीर बोल्ने मात्र नभएर त्यो तस्वीरमा भएको सम्पूर्ण अवस्था र परिवेशलाई चित्रण गर्दछ। ‘तस्वीर एक दस्तावेज हो,’ उनी भन्छन्।
नवीनबाबु गुरूङ।

काठमाडौं, २० वैशाख – एउटा तस्वीरले हजारौं शब्दभन्दा धेरै सन्देश दिनसक्छ। त्यसैले होला, संसारका धेरै मानिस फोटोग्राफी गर्दैहिँड्छन्। नेपालमा पनि एकाध युवाहरुले फोटोग्राफी गरिरहेका छन्, व्यावसायिक रुपमै। नेपालका तिनै गनेचुनेका फोटोग्राफरमध्येका एक हुन्, नवीनबाबु गुरुङ।

लाहुरे बन्ने सपना बोकेर पोखरा हुँदै काठमाडौं आएका थिए नवीनबाबु। तर, जीवनको लक्ष्यको भारी एकातिर बिसाएर उनी फोटोग्राफी कर्ममा व्यस्त छन् अहिले। ‘लक्ष्य, सपना एउटा हुन्छ, समयले अरुतिरैको जिम्मेवारी दिँदो रहेछ,’ नवीनबाबु भन्छन्, ‘म समयले दिएको दायित्व नै पूरा गरिरहेको छ।’

नवीनबाबुलाई लाग्छ, तस्वीर बोल्ने मात्र नभएर त्यो तस्वीरमा भएको सम्पूर्ण अवस्था र परिवेशलाई चित्रण गर्दछ। ‘तस्वीर एक दस्तावेज हो,’ उनी भन्छन्। 

सेतो मच्छिन्द्रनाथको जात्रामा प्राथना गरेका बेला खिचेको तस्वीर मैले फेसबुकमा राखेको थिएँ। मेरा साथीहरूले त्यहाँबाट निकालेर ‘प्रे फर नेपाल’ भनेर फोटो बनाएर राखेका थिए।

राष्ट्रकविको त्यो तस्वीर

आफ्नो फोटोग्राफी करियरमा नवीनबाबु गुरुङले धेरै तस्वीर खिचेका छन्। तर, धेरै तस्वीरहरु ‘भाइरल’ पनि भएका छन्। तर, केही तस्वीर उनलाई अति प्रिय लाग्छ। उनले एउटा कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर खिचेका रहेछन्। कस्तो थियो त त्यो तस्वीर?

फोटो धेरै खिचेँ मैले। मनपर्ने पनि धैरै छन्। तर, एक पटक राष्ट्रकवि माधवप्रसाद घिमिरेको कार्यक्रममा जाँदा उहाँले लेख्नुभएको गीतहरूमा साना–साना नानीहरू नाचिरहेका थिए। अरू साथीहरूले नानीहरूको फोटो खिच्न थाले म चाहिँ राष्ट्रकवि माधवप्रसाद घिमिरेको फोटो खिच्न थालेँ। त्यति बेला राष्ट्रकवि रूनु भएको थियो। त्यो फोटो मसँग पछि धेरैले माग्नु भयो। त्यतिबेला मैले त्यो फोटोको स्टोरी नै बनाएर राखेको थिएँ। एउटा अनलाइनमा मैले त्यो स्टोरी गरेँ, राम्रै चल्यो। पछिल्लो समय भूकम्प गएका बेला मेरी छोरीको तस्वीर भाइरल भएको थियो। सेतो मच्छिन्द्रनाथको जात्रामा प्राथना गरेका बेला खिचेको तस्वीर मैले फेसबुकमा राखेको थिएँ। मेरा साथीहरूले त्यहाँबाट निकालेर ‘प्रे फर नेपाल’ भनेर फोटो बनाएर राखेका थिए। त्यही फोटोपछि राम्रै रूपमा ट्रोल नेपालहरूले पनि राखेका थिए। त्यसपछि मैले गाउँघरतिर घुम्न जाँदा खिचेको एक जना आमाको फोटो पनि ट्रोलमार्फत नै भाइरल भएको थियो। खासमा म कुनै खतरनाक फोटोग्राफर पनि होइन। तर, रहरले लागेको मैले यसैबाट प्रेरणा पाएर फोटो पत्रकारिता गरेँ। यही कार्य अहिले पनि जारी छ।

'त्यो समयमा ब्रिटिश आर्मी हुनुपर्छ भन्ने लाग्थ्यो, त्यसकारण पढाईभन्दा धेरै महत्व ब्रिटिश लाहुरे हुनका लागि अभ्यासमा दिइयो,’ उनी भन्छन्, ‘तर, लाहुरे हुन नसकेपछि काठमाडौं आएँ।’

गोरखादेखि काठमाडौंसम्मको यात्रा

गोरखाको सुलिकोटका सुब्बा गुरूङ र पूर्णमाया गुरूङको पहिलो सन्तान हुन् नवीनबाबु गुरुङ। सुलिकोट गाँउपालिका वडा नम्बर–८ मा वि.सं. २०४२ साल भदौ १ गते उनको जन्म भएको हो।

उनका एक भाइ अहिले ब्रिटिश आर्मीमा छन्। ‘मैले पनि त्यही सपना देखेको थिएँ,’ उनले भने, ‘तर, यात्रा अर्कैतिर मोडियो।’ कक्षा ७ सम्म ब्रम्हाचारिणी निमाविमा पढेका नवीनबाबुले ८ देखि १० सम्म गोरखा सदरमुकाममा गएर शक्ति स्कूलमा पढे।

वि.सं २०५९ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा हासिल गर्न पोखरा आए। पृथ्वीनारायण क्याम्पसमा पढाई शुरु गरेका नवीनबाबु वि.सं. २०६२ सालसम्म पोखरामै बसे।

‘त्यो समयमा ब्रिटिश आर्मी हुनुपर्छ भन्ने लाग्थ्यो, त्यसकारण पढाईभन्दा धेरै महत्व ब्रिटिश लाहुरे हुनका लागि अभ्यासमा दिइयो,’ उनी भन्छन्, ‘तर, लाहुरे हुन नसकेपछि काठमाडौं आएँ।’

नवीनबाबुकी श्रीमती अनिता गुरुङ हुन्। ‘उनी र म एउटै कक्षामा पढ्थ्यौँ, त्यसै क्रममा हाम्रो भेट भएको हो,’ उनले भने। नवीनबाबु र अनिताकी छोरी छिन् सिल्भिया।

नजाने कुरा यो के हो भनेर सोध्न खोज्थेँ। तर, मान्छेहरू सिकाउन भने कत्ति पनि खोज्दैनथिए। मैले म्यूजिक पनि छाडेको थिइँन। र, प्रायः सबै म्युजिकल प्रोग्राममा म पुग्थेँ, न्युज हालिदिन्छ भनेर मसँग परिचित मान्छेले बोलाउने गर्थे। 

संगीत साधना

पोखराबाट काठमाडौं आउँदैगर्दा नवीनबाबु गुरुङलाई गायक वा संगीतकार बन्नु थियो। उनी त्यही लक्ष्य बोकेर काठमाडौं आएका थिए।

‘मलाई सानैदेखि गीतसंगीतमा रूची थियो, गायक हुने रहरले पोखरामै विन्धवासिनीमा संगीत सिक्न गएँ,’ उनले भने, ‘त्यहाँ अभ्यास नपुगेपछि जागीर खाँदै पढ्ने र संगीत पनि सिक्ने लक्ष्यका साथ म काठमाडौं आएको हुँ।’

वि.सं. २०६२/०६३ को जनआन्दोलन शुरू हुनुभन्दा केही समय अगाडि काठमाडौं आएका नवीनबाबु सामाखुसीस्थित फूपुसँग बस्थे। जमलमा डोरेमी संगीतशालामा काम गर्दै संकलन गरेको पैसाले संगीत सिक्न थाले।

‘मैले एउटा गीत रेकर्ड गरेँ, तर पैसा थिएन, पछि मात्रै पर्खाईमा भन्ने एल्बम् निकालेँ,’ उनले भने। ‘लालुमै’ बोलको गीत रिबेल क्रिएशनबाट एल्बम् निकालेपछि भिडियो पनि गर्ने सोच आयो नवीनबाबु गुरुङलाई। त्यसपछि के भयो त?

भिडियोको जमाना आइसकेकाले राम्रै मूल्य खर्च गरेर भिडियो पनि निकालेँ। भिडियो निकाल्दा बहुत दुःख पाएँ। म्यूजिक भिडियो चित्त बुझ्दो बनेन। नेपालमा क्यासेटहरूको जमाना हराइसकेकाले भिडियोबाट नाफा कमाउन सकिएन। फोटो खिच्नमा म सानैदेखि रूची राख्थे। पानासोनिक क्यामेरा सधैँ बोकेर हिँड्थें। पछि मैले फोटो खिच्ने क्यामेरा ठूलो हुनेरहेछ भनेर थाहा पाँए। र, डिएसएलआर बोक्ने सपना बुन्न थाले। पैसा थिएन। ऋण खोजेर एउटा क्यामेरा किनेँ। त्यो क्यामेरा किनेपछि फोटोग्राफी थालेँ। लाजिम्पाटस्थित आर्ट स्टुडियोमा फोटोग्राफी सिक्न गएँ। फोटो खिच्न जान्दिनरहेछु भन्ने थाहा भयो। त्यसपछि थ्योरी नबुझेपछी मैले छोडिदिएँ। साथीहरुसँग मिलेर सबको खबर अनलाइन शुरु गर्यौं। त्यसपछि त्यहाँ मैले फोटो खिच्ने काम गर्न थालेँ। म कार्यक्रमहरूमा जाँदा जता–जता क्यानोनको क्यामेरा बोकेर बसेका मान्छे देख्थे, त्यही टाँसिएर हेर्न थाल्थेँ। नजाने कुरा यो के हो भनेर सोध्न खोज्थेँ। तर, मान्छेहरू सिकाउन भने कत्ति पनि खोज्दैनथिए। मैले म्यूजिक पनि छाडेको थिइँन। र, प्रायः सबै म्युजिकल प्रोग्राममा म पुग्थेँ, न्युज हालिदिन्छ भनेर मसँग परिचित मान्छेले बोलाउने गर्थे। 

त्यही शिलशिलामा कान्तिपुरसम्बद्ध पत्रकार श्रीधर पौडेलसँग मेरो भेट भयो। त्यसपछि उहाँले एउटा होलीको कार्यक्रममा फोटो खिच्न प्रस्ताव राख्नुभयो। मलाई न्यूज सेन्स त्यति धेरै थिएन। र, दिनभरि फोटो खिचेर बेलुका लगेर श्रीधर दाईलाई देखाएँ। उहाँले मलाई न्यूज सेन्स तिम्रो फोटोमा नआएपनि अफबिटको फोटो तिमी धेरै राम्रो खिच्ने रहेछौं भनेर प्रतिक्रिया दिनुभयो। त्यसबेला उहाँको खुट्टा फ्य्राक्चर भएको थियो। म मोटरसाइकल चलाउँथे। मैले फोटोग्राफी सिकाइदिए बापत उहाँको ड्राइभर हुने सर्त राखेँ। मैले त्यसपछि न्यूजसेन्स भएको फोटोग्राफी सिकेँ। र, फोटो पत्रकारितामा सक्रिय रूपमा लागेँ। तर, धेरै नबोल्ने बानी भएकाले मैले धेरै राम्रा तथा नयाँ मानिसहरूसँग संगतमा रहन सकिनँ।

स्वतन्त्र रुपमा रूपमा अरू अनलाइन मिडियामा फोटो दिएपनि पारिश्रमिक नपाएपछि उनले आफ्नै ब्लग शुरु गरेका हुन्। ब्लग खोल्नुअघि स–साना प्रोमो खिच्दै गए। अरूको म्यूजिक भिडियो खिच्न थाले, सर्टमुभीहरू खिच्न थाले।

आफ्नै ब्लग

नवीनबाबु गुरुङले आफ्नै अनलाइनको शुरुवातदेखि मूलधारका मिडियासम्म काम गरेका छन्। तर, उनलाई पूर्ण स्वतन्त्र भएर काम गर्नु थियो। त्यसैले उनले आफ्नै ब्लग शुरु गरे। फेसन, आर्ट र फोटोग्राफीमा धेरै रूची भएका नवीनबाबुले ‘स्ट्रिट नेपाल’ नाम गरेको ब्लग सञ्चालनमा ल्याएका छन्।

स्वतन्त्र रुपमा रूपमा अरू अनलाइन मिडियामा फोटो दिएपनि पारिश्रमिक नपाएपछि उनले आफ्नै ब्लग शुरु गरेका हुन्। ब्लग खोल्नुअघि स–साना प्रोमो खिच्दै गए। अरूको म्यूजिक भिडियो खिच्न थाले, सर्टमुभीहरू खिच्न थाले। र अहिले उनी आफैँ निर्देशन गर्छन्। ‘मैले वि.सं. २०६८ तिर फोटोग्राफी र भिडियोग्राफी गर्न थालेँ, तर निर्माण र निर्देशन चाहिँ वि.सं. २०७० सालबाट गरेको हुँ,’ उनले भने।

नवीनबाबुले महेश थुलुङको ‘पलमै हँसायौं’ गीतबाट निर्देशन शुरु गरेका हुन्। ४ वर्षको अवधिमा दर्जनौं म्यूजिक भिडियोको निर्देशन तथा छायांकन गरिसकेका छन् उनले। सर्टमुभीहरू पनि धेरै गरिसकेका छन्। काठमाडौंका सबै थिएटरमा मञ्चन हुने नाटकको तस्वीर संग्रह उनले गरिरहेका छन्।

‘समाज परिवर्तनका लागि फोटोग्राफी र फोटो पत्रकारिताको योगदान छ,’ फोटोले एउटा समाजको चित्रण गर्छ, परिवेशलाई देखाउँछ, यथार्थताको वर्णन गर्छ,’ उनले भने। 

नवीनबाबुलाई लाग्छ, नेपाल फोटोग्राफीका लागि असीमित सम्भावना भएको मुलुक हो। ‘नेपाल म्यूजिक हव हो, एउटा खुला म्यूजियम हो,’ उनले भने, ‘शहरीकरणका कारण प्राकृतिक श्रोतहरुको दोहन भइरहेको छ, यसलाई रोक्नुपर्छ, तर काठमाडौंबाट बाहिर अझै पनि धेरै राम्रो छ, धेरै सम्भावना छन्। त्यसलाई सदुपयोग गर्नुपर्छ।’


 

More form the Internet

loading...