Suvadin, Home
किम जोङ ऊन यस्ता तानाशाह हुन् जसको सनकका किस्सा संसारलाई थाहा छ। किमको कर्तुत सुन्दा मान्छे जिब्रो टोक्छन्, झस्किन्छन्। किमको क्रुरताको एउटै उदाहरण सुन्दा पनि मनमा आक्रोशको ज्वाला उठ्छ। उनी कसैलाई पनि दया गर्दैनन्। मृत्युदण्ड दिन त उनलाई धेरैबेर सोच्नु पनि पर्दैन। किमले सम्झिसक्दा मानिसको मृत्यु निश्चित हुन्छ। 
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊन महिला सैनिकसँग।

काठमाडौं, पुस २५


उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनको हेयर स्टाइल विश्वभरिका तमाम युवाबीच लोकप्रिय छ। जनगणतन्त्र उत्तर कोरियाका मुखिया किमको हिँड्ने, बोल्नेदेखि कपाल काट्ने तरिकासँग पनि युवा परिचित छन्। कयौं युवा त किमकै सिको गर्दै हेयर स्टाइल बनाउन व्यस्त छन्।

किम युवामाझ यति लोकप्रिय छन् कि, उत्तर कोरियाको प्रधानशत्रु संयुक्त राज्य अमेरिकामा पनि उनका फलोवर रहेका छन्। तर, किमको हँसिलो अनुहारभित्र एउटा खुंखार क्रुर तानाशाहको स्वरुप पनि छुपेको छ। हो, शुभदिन डटकमले तिनै क्रुर तानाशाह किम जोङ ऊनको वास्तविक स्वरुप प्रस्तुत गरेको छ।

विश्वकै क्रुर शासक

किम जोङ ऊन यस्ता तानाशाह हुन् जसको सनकका किस्सा संसारलाई थाहा छ। किमको कर्तुत सुन्दा मान्छे जिब्रो टोक्छन्, झस्किन्छन्। किमको क्रुरताको एउटै उदाहरण सुन्दा पनि मनमा आक्रोशको ज्वाला उठ्छ। उनी कसैलाई पनि दया गर्दैनन्। मृत्युदण्ड दिन त उनलाई धेरैबेर सोच्नु पनि पर्दैन। किमले सम्झिसक्दा मानिसको मृत्यु निश्चित हुन्छ। 

किमका सामु बोल्नै प्रतिबन्ध

किमका अगाडि कसैले बोल्न सक्दैन। कसैले जिब्रो चलायो कि उसको इहलिला त्यही समाप्त। आफ्नो सनकी स्वभावले विश्वलाई स्तब्ध पारेका किम आमनागरिकलाई पनि तर्साउँन र आफूप्रतिको त्रास पैदा गर्नै तल्लिन छन्।

आफ्नै फुपाजुलाई जिउँदै शिकारी कुकुरको खोरमा

सन् २०१३ मा किमले आफ्ना फुपाजुलाई कठोर तरिकाले हत्या गरेका थिए। किमले फुपाजुलाई भोकाएका शिकारी कुकुरको खोरमा हाल्न लगाएका थिए। १ सय २० वटा शिकारी कुकुरले किमका फुपाजुलाई खाए। यो घटना अघि उत्तर कोरियामा यस्तो सजाय कसैलाई पनि दिइएको थिएन। किमका फुपाजु दयालु र जनपक्षीय कामका लागि चर्चित थिए। त्यो कुरा किमलाई मन परेको थिएन।

क्षणभरमै दिन्छन् मृत्युदण्ड

किम जोङ ऊन आदेशको पालना नगर्ने मान्छे मनै पर्दैन। आदेश पालना नगर्नेलाई किम फाँसीकै सजाय दिन्छन्। उनी एकछिन पनि नसोची फाँसीको निर्णय लिन्छन्। एक पटक किमले उत्तर कोरियाका रक्षा प्रमुख ह्योङ योङलाई नै फाँसीको सजाय दिन लगाएका थिए। योङ उघेको बहानामा उनलाई मृत्युदण्ड दिइएको हो। एन्टी एयर क्राफ्ट बन्दुकले योङको हत्या गरियो। स्रोतहरुका अनुसार तत्ःक्षण उत्तर कोरियाका उच्च अधिकारी पनि रमिते बनेका थिए।

माफी कहिल्यै दिँदैनन्

किमलाई माफी दिन आउदैन। उनी सामान्य गल्तीमा पनि सिधा मृत्युदण्ड दिन्छन्। धर्मदेखि कपडासम्म पनि किम नै तय गर्छन्।

नरुनेलाई पनि मृत्युदण्ड !

चार वर्ष पहिले किम जोङ ऊनका पिता किम जोङ इलको मृत्यु भयो। त्यति बेला कयौं व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो। कारण थियो, किम जोङ इलको मृत्युमा नरोएको। 

स्कुलमै पोर्न म्यागेजिनसँग पक्राउ परेका थिए किम

किम जोङ ऊनको बाल्यकालका विषयमा पनि रोचक जानकारी छन्। किम स्वीट्जरल्याण्डस्थित इन्टरनेसनल स्कुल अफ बर्नमा अध्ययन गर्दथे। बर्न स्कुलमा किमको नाम पाक ऊन राखिएको थियो। गणित, विज्ञानजस्ता विषयमा उनी कमजोर थिए। पटक–पटक फेल पनि भए। स्कुल पढ्दा नै उनी बद्मासी गर्दथे। किम पोर्न म्यागेजिन पढ्ने–हेर्न गर्दथे। किम पोर्न म्यागेजिनसँगै स्कुलमा पक्राउ परेका थिए।

अनुहार बदल्न प्लास्टिक सर्जरी

किम सौखिन छन्। उनलाई रंगीन मिजाजको छवि भएका नेता पनि मानिन्छ। किमको हेयरस्टाइल, उनको कपडादेखि जुत्ता पनि उत्तर कोरियासम्बन्धी समाचारमा आउने गर्छन्। सन् २००० मा किमले प्लास्टिक सर्जरी गराएर आफ्नो अनुहार बदलेका हुन्। किम आफ्ना हजुरबुवा किम इल सुङ जस्तै देखिन चाहान्छन्। स्वीस सामानका सौखिन किम नाइक ब्रान्डका जुत्ता दिनैपिच्छे फेर्दै लगाउँछन्।

किम, जोसँग अमेरिका डराउँछ !

किमको सनकी स्वभावसँग सबै परिचित छन्। सन् २०१५ को अगष्ट महिनामा दक्षिण कोरियाले सिमा क्षेत्रमा माइकिङ गर्यो। किमले तत्काल सेना परिचालन गरेर माइकिङ गरे बन्दुकले उडाई दिन आदेश दिए। संयुक्त राष्ट्र संघको सहयोगले सम्झौता भयो। र, युद्ध हुनबाट रोकियो।

किमः स्वघोषित भगवान !

उत्तर कोरियाली नागरिक किमलाई भगवान मान्न विवश छन्। किमको जन्म दुई वटा इन्द्रधनुषको मुनि भएको आदि कुरा बयान गरेर उनी आफूलाई भगवान भएको दावी गर्छन्। साथै, जन्म मिति पनि ३ वटा बताउने गरिएको छ।

गरीबमाथि अर्को अन्याय, फोटो खिच्नै प्रतिबन्ध

इसाई धर्म र बाइबलको प्रचार उत्तर कोरियामा प्रतिबन्ध छ। दक्षिण कोरियाली फिल्म र पोर्न सामग्री हेर्न पनि मनाही छ। गरीबलाई त फोटो खिच्न पनि उनले प्रतिबन्ध लगाएका छन्।


 

More form the Internet

loading...