Suvadin, Home

छालालाई स्वस्थ र सफा राख्न यस्तो गर्नुहोस्

चिल्लो छाला - यस्तो छालामा तैलीय ग्रन्थि बढी सक्रिय हुने भएकाले बढी चिल्लो आउँछ । यस्तो छालालाई डन्डिफोरले समेत सताउँछ भने पसिनाले बढी च्यापच्याप पनि हुन्छ। हप्तामा एकपटक तातो स्टिम लिनु उपयुक्त हुन्छ। स्टिम लिँदा एउटा भाँडामा पानी तताउने, दुईवटा सानो रुमाललाई पानीमा डुबाई पालैपालो रुमालले अनुहार छोपेर बाफ लिने र पछि चिसो पानीले पखाल्ने।

काठमाडौं,१७ माघ -साधारण छाला - यस प्रकारको छाला कलिला बालबालिकाहरूको हुन्छ। यस्तो छाला चिल्लो र सुक्खा दुवै हुँदैन। यस्तो छालालाई सधैँ राम्रो राख्न मेकअप गर्नुअघि चिसो बरफपानीले अनुहार धुने अनि राति सुत्नुअघि पनि अनुहार धोएर सुत्नुपर्छ।

चिल्लो छाला - यस्तो छालामा तैलीय ग्रन्थि बढी सक्रिय हुने भएकाले बढी चिल्लो आउँछ । यस्तो छालालाई डन्डिफोरले समेत सताउँछ भने पसिनाले बढी च्यापच्याप पनि हुन्छ। हप्तामा एकपटक तातो स्टिम लिनु उपयुक्त हुन्छ। स्टिम लिँदा एउटा भाँडामा पानी तताउने, दुईवटा सानो रुमाललाई पानीमा डुबाई पालैपालो रुमालले अनुहार छोपेर बाफ लिने र पछि चिसो पानीले पखाल्ने।

मिश्रित छाला - यस्तो प्रकारको छाला कतै चिल्लो त कतै सुक्खा हुन्छ। यस्तो छालाको उपचार भिन्न तरिकाले गर्नुपर्छ। मिश्रित छालालाई नरम राख्नुपर्छ भने सरसफाइमा बढी ध्यान पुर्‍याउनुपर्छ।

सुक्खा छाला - यस प्रकारको छाला साबुनले धुँदा त सफा हुन्छ, तर यसले अनुहारको चिल्लोपन हराएर जान्छ। त्यसैले साबुनले अनुहार धुनु हुँदैन। यस्तो छालामा घाम तथा आगोको राप पर्न दिनु हुँदैन। हावाले पनि यस्तो छालालाई हानी पुर्‍याउँछ। यस्तो छालालाई चिल्लो राख्नुपर्छ, अन्यथा समयभन्दा अघि नै चाउरी पर्ने डर हुन्छ भने चायाँ आउने सम्भावना पनि बढी हुन्छ।

धेरै सुक्खा छाला - यस प्रकारको छालामा नरमपन हुँदैन र छाला फुल्ने सम्भावना हुन्छ जुन हेर्दा नराम्रो देखिन्छ ।

छालाको हेरचाह

-  २५ वर्षको उमेरपछि सौन्दर्य विशेषज्ञसँग छालाको हेरविचार गर्ने विधि बुझ्ने।

-छालाको प्रकारअनुरूप उपचार गर्ने।

-घामबाट छालालाई जोगाउने।

-धूम्रपान तथा मद्यपान नगर्ने।

-दैनिक कम्तीमा आठ गिलास पानी पिउने।

-हप्तामा एकपटक फेसप्याक लगाउने।

- नियमित शारीरिक व्यायाम गर्ने।

-मानसिक तनाव नलिने।


 

More form the Internet

loading...