Suvadin, Home

बँदेलको अतिक्रमणबाट विस्थापित हुँदै स्थानीयवासी

बालुवापाटी गाविसका नेत्रप्रसाद ढकाल विगत केही वर्षदेखि बँदेलको अतिक्रमणका कारण ज्यादै नै पीडित छन्। बँदेलले बालीनाली सबै नष्ट गरिदिएपछि उनी निकै चिन्तित छन्। परिवारको प्रमुख आयस्रोत नै खेतीपाती भएकाले बँदेलले बाली नोकसानी गर्दा लगाउन भोकमरीको समस्या आएको उनी बताउँछन्। 

काभ्रे, माघ २४ - बालुवापाटी गाविसका नेत्रप्रसाद ढकाल विगत केही वर्षदेखि बँदेलको अतिक्रमणका कारण ज्यादै नै पीडित छन्। बँदेलले बालीनाली सबै नष्ट गरिदिएपछि उनी निकै चिन्तित छन्। 

परिवारको प्रमुख आयस्रोत नै खेतीपाती भएकाले बँदेलले बाली नोकसानी गर्दा लगाउन भोकमरीको समस्या आएको उनी बताउँछन्। 

ढकाल जस्तै उक्त क्षेत्रका अन्य स्थानीय बासिन्दा पनि बँदेलको कारण पीडित छन्। अर्का स्थानीयवासी दोमबहादुर घोरसाइने बँदेलले दुःख दिन थालेपछि आफ्नो सबै जग्गा बाँझै राख्नुपर्ने अवस्था आएर विगत पाँच वर्षदेखि खेतीपाती गर्न बन्द गर्नुपरेको बताउँछन्। 

बँदेलले खेती गर्न नदिएपछि गाउँमा भैंसी पाल्न थालेको बताउने उनी बँदेलले बाली आउन नदिएपछि पशुपालनमा समेत समस्या भएको दुःखेसो गर्छन्।

उक्त गाविसका स्थानीय एकातिर भूकम्पका कारण पीडित छन् भने अर्कातिर बँदेलको अतिक्रमणका कारण झनै ठूलो समस्यामा छन्। 

भूकम्पका कारण घर भत्किएर बस्ने ठाउँ नभएको र अर्कातिर बँदेलले सम्पूर्ण बालीनाली नष्ट गरिदिएका कारण गाउँबाट वसाइ सर्ने सोचाइ बनाएको बालुवापाटी ९ का सुब्बा गुरुङ बताउँछन्। बँदेलले सबै बालीनाली नष्ट गरिदिएपछि ज्याला गरेर परिवार चलाउन बाध्य भएको उनलाई बाध्यता भएको छ। 

बालुवापाटी गाविसका नौवटा वडाका स्थानीय बँदेलको अतिक्रमणका कारण ठूलो समस्यामा छन्। बँदेलले दुःख दिन थालेपछि बालुवापाटी गाविसका थुपै्र घरधुरी विस्थापित भइसकेको अवस्था छ। साथै बँदेलकै अतिक्रमणका कारण उक्त गाविसका सयौं रोपनी जमिन बाँझै छन्। रासस


 

More form the Internet

loading...