Suvadin, Home

फुन्जोको साहस
अक्सिजनबिना छोयु चढ्ने पहिलाे नेपाली चेली 

ढिठी मात्र होइन् साहसिक पनि छिन्। ‘अरुभन्दा केही भिन्न अनि सहासिक यात्रा गरौं’ भन्ने हुुटहुटी जागिरहन्छ, पर्वतारोही फुन्जो लामालाई। र, अक्सिजनबिना नै संसारको छैटौँ अग्लो हिमाल छोयुको सफल आरोहण गरेर अरु भन्दा फरक दर्शाएकी छन्, फुन्जोले। तिब्बतमा रहेको आठ हजार दुई सय दुई मिटर अग्लो छोयु अक्सिजनबिना सफल आरोहण गर्ने फुन्जो पहिलो नेपाली छोरी हुन्।
छाेयु हिमालकाे चुचुराेमा फुन्जाे लामा।

 

उत्तर अमेरिकामा रहेकाे डेनाली हिमालमा नेपाली झण्डा फहराउदै फुन्जाे।

काठमाडाैं, वैशाख २१–ढिठी मात्र होइन् साहसिक पनि छिन्। ‘अरुभन्दा केही भिन्न अनि सहासिक यात्रा गरौं’ भन्ने हुुटहुटी जागिरहन्छ, पर्वतारोही फुन्जो लामालाई।

र, अक्सिजनबिना नै संसारको छैटौँ अग्लो हिमाल छोयुको सफल आरोहण गरेर अरु भन्दा फरक दर्शाएकी छन्, फुन्जोले। तिब्बतमा रहेको आठ हजार दुई सय दुई मिटर अग्लो छोयु अक्सिजनबिना सफल आरोहण गर्ने फुन्जो पहिलो नेपाली छोरी हुन्।

उनले सन् २०१५ अक्टोबर २ मा माउन्ट छोयुको चुचुरोमा पाइला टेकेकी थिइन्। फुन्जोलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुसमा सम्मान समेत गरे।

फुन्जोलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

सन् २०१६ जुनमा अमेरिकामा रहेको डेनाली (६ हजार एक सय ९० मिटर अग्लो) को सफल आरोहणपछि सुुरु भएको थियो, फुन्जोको पर्वतारोहण यात्रा। 

सन् २०१६ मा ६ महिनामा ५ वटा हिमालको सफल आरोहण गरेकी फुन्जोलार्इ अहिलेसम्म अक्सिजनको प्रयोग गरेकाे अनुभव छैन। अक्सिजनबिना हिमाल चढ्दा स्वास्थ्य समस्या हुँदैन ? भन्ने प्रश्नमा उनको सटिक उत्तर हुन्छ, ‘ स्वासप्रस्वासको समस्या हुन्छ भन्छन्। तर, अहिलेसम्म अक्सिन लिएर हिमाल चढेको अनुभव छैन।’

उचाईको हिसावमा डेनाली भन्दा छोयु अग्लो हिमाल भए पनि  डेनाली चढ्न गाह्रो हुने गरेको उनी बताउँछिन्। ‘बेलाबेलामा मौसम परिवर्तन हुन्छ, हिउँ परिरहन्छ,’ फुन्जो भन्छिन्, ‘डेनाली चढ्न २१ दिन लागेको थियो।’

सोलुखुम्बुमा रहेको लोपुचे लगायतका हिमालको सफल आरोहण गरेकी फुन्जो भन्छिन्, ‘अक्सिजनबिना हिमाल चढ्नु धेरै सस्तो पर्छ। आर्थिक अवस्था कमजोर भएकाका लागि  अक्सिजनसहित हिमाल चढन सहज छैन ।’

हिमाल चढ्दा कम्तीमा चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ। एउटा सिलिण्डरलाई ५० हजार पर्छ। डेनाली चढ्दा ३० किलोको झोला बोकेर तथा एक सय किलोको अन्य सामान काठको स्लेक बनाएर लगेको अनुुभव सुनाउने फुन्जोले छोयो चढ्दा पनि सहयोगी लगिनन्। ‘डेनाली चढ्दा सहयोगी लग्न पाइदैनथ्यो, झोला पनि आफै लग्नु पथ्र्यो,’ उनले भनिन्, ‘छोयु चढ्दा आफ्नै ढिपीले सहयोगी लगेन।’ सहयोगीलाई तीन लाख रुपैयाँ दिनुपर्ने भएकोले खर्च धान्न नसकिने उनी बताउछिन्।
 
‘स्पिड’ मा सगरमाथा चढ्ने योजना
पर्वतारोही फुन्जो मुलुक बाहिर जाँदा धेरैले सोध्न गर्छन्, ‘सगरमाथा कस्तो छ ? चढेको होला नि ?’ 

विश्वको सर्वाेच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८७ मिटर उचाई) बारे बाहय पर्यटकले चासो राख्नु रास्वभाविक हो।  त्यसैले पनि फुन्जोले एउटा योजना बनाएकी छिन् ‘स्पिड’ मा सगरमाथा चढ्ने।
भन्छिन्, ‘आधार शिविर १, २,  हुुँदै आराम गरेर त जसले पनि सगरमाथा चढेका छन्। तर, म भने जति सक्दो कम समयमा सगरमाथाको शिखर चढ्ने योजनामा छु।’

गोरखा सदरमुकामबाट ५२ कोषको दूरीमा रहेको छेकम्पारमा जन्मेकी फुन्जोले मनास्लुु हिमाल (आठ हजार एक सय ५६ मिटर) चढ्ने योजना पनि बनाएकी छिन्। अक्सिजनबिना नै छोयो चढेर हिमालयलाई नै चुुनौती दिएकी फुन्जो भन्छिन्, ‘ आफ्नो जिल्लामा हिमाल त चढ्नु पर्यो नि।’  आगामी सेप्टेम्बरमा अस्टे«लियन युवती समानथा मेमेहोनसँगै मनास्लु चढ्ने योजना रहेको उनले सुनाइन्। 

पहिलो लंगलाइन नेपाली महिला 

फुन्जोले सन् २०१४ बाट सिम्रिक एअरमार्फत लंगलाइन (हेलिकोप्टरमा झुण्डिएर गरिने काम) सुरु गरेकी थिइन्। फुन्जो नेपालमा लंगलाइनमा काम गर्ने पहिलो नेपाली महिला पनि हुन्।

स्वीट्जरल्याडको जम्र्याट स्कुलबाट तीनमहिने तालिम लिएर लंगलाइनमा काम थालेकी हुन्, उनले। स्वीट्जरल्याण्डबाट तालिम लिनुअघि पनि फुन्जो लंगलाईनकै सहायक भूमिकामा थिइन्। त्यसअघि उनले नेपालको खुम्बु र अन्नपूर्ण आधार शिविर र फर्पिङ क्षेत्रमा जम्र्याटका प्रशिक्षकबाटै प्रारम्भीक तालिम लिएकी थिइन्। 

लंगलाइनमा लागेकाले हिमाल चढ्न गएको मान्छे बिरामी भएमा वा अन्य कुनै समस्या परेमा हेलिकोप्टरबाट डोरीमा झुण्डिएर उद्धार गर्नुपर्छ।

पर्वतारोहण, आगलागी, जंगल, ढुंगे खोच, समुद्रजस्ता हेलिकप्टर उत्रन नसक्ने वा सहजै हिँडेर पुग्न नसकिने ठाउँमा पनि उद्धार गर्नुपर्छ लंगलाइनरले। 

यो जोखिमपूर्ण कामलाई पनि उनी सहासका साथै ‘सजिलै छ’ भन्छिन्।

२०७२ वैशाख १२ गते भूकम्प जाँदा सगरमाथाको आधार शिविरमा थिइन्, फुन्जो। त्यतिबेला घाइतेको उद्धार गरेको उनले स्मरण सुनाइन्।
सानैदेखि एथलेटिक्स, भलिबल, लनटेनिस खेल्न मन पराउने फुन्जो सन् २०१५ मा आयोजित स्कीको राष्ट्रिय प्रतियोगितामा प्रथम पनि भएकी थिइन्। 

अमेरिका छोडेर नेपालमै रमाउदै, सुुखद रहेन् बाल्यकाल

धेरैलाई अमेरिका जाने सपना हुन्छ। फुन्जो सन् २००९ मै अमेरिका पुुगेकी थिइन्। 

तर, उनी स्वदेशमै फर्किर सहासिक काम गर्दैछिन्।

एसएलसी  सकेर पदयात्रा थालेकी फुन्जालाई एक पयर्टकले सन् २००९ मा अमेरिका  पुर्याएका थिए। त्योबीचमा नेपाल आउजाउ गर्थिन्, फुन्जो। तर,  सन् २०१४ मासगरमाथाको खुम्बु आइसफलमा १६ जनाको ज्यान जाने गरी हिमपहिरो जाँदा उद्धारका लागि प्रयोग भएको लंलाइनको कामले उनको ध्यान तान्यो। र, लंगलाइनको तालिम जम्र्याट स्कुलका प्रशिक्षकसँग लिइन्।  

फुन्जोको बाल्यकाल सुुखद रहेन। आमाको माया कस्तो हुन्छ? उनले स्मरण छैन। उनी नाबालिका छँदै आमाको निधन भएपछि बाबुको लालनपालनमा हुर्किएकी हुन्,  फुन्जो।

उनले औपचारिक अध्ययनका नाममा गाउँमा एसएलसीसम्मको अध्ययन पूरा गरिन्।

समाज बदलिएको भनिए पनि ग्रामीण भेगमा अझै पनि लैंगिक विभेद हुने गरेको उनी बताउछिन्। ‘समाजमा छोरीलाई छोरासरहको व्यवहार समेत नगर्ने परिपाटीले चित्त दुख्छ, सहासी फुन्जोको।


 

More form the Internet

loading...