Suvadin, Home
Nepal life 2.266M

'पब जी' गेमले गर्दा मानिहरूमा मानसिक समस्या

विश्वभरि पछिल्ला दिनमा अनलाइन गेममा 'पब जी' लोकप्रिय बन्दै गएको छ। कतिपय मानिसलार्इ यसको लत समेत बसिसकेको छ। जसले गर्दा मानिसहरूमा मानसिक समस्याहरू पनि देखा पर्न थालेको छ। मानिसहरूमा लत बसेर अपराधिक गतिविधिमा संमलग्नता पाइएपछि चीनले यस खेललार्इ प्रतिबन्ध लगाएको छ। भारतमा पनि यस खेलका कारण हत्या जस्ता अपराधिक गतिविधि बढेको भारतिय सञ्चार माध्यमहरूले जनाएको छ।

काठमाडौं, १७ कात्तिक – विश्वभरि पछिल्ला दिनमा अनलाइन गेममा 'पब जी' लोकप्रिय बन्दै गएको छ। कतिपय मानिसलार्इ यसको लत समेत बसिसकेको छ। जसले गर्दा मानिसहरूमा मानसिक समस्याहरू पनि देखा पर्न थालेको छ।

प्राय युवा माझमा लोकप्रियता कमाएको यस गेममा प्यारासुटमा १ सय खेलाडीहरू राखेर एउटा अाइसल्यान्डमा  उतारिन्छ, उनीहरूले त्यहाँ बन्दुक खोजेर दुश्मनहरूलार्इ मार्नुपर्ने हुन्छ। जसले यो गेममा अन्तिमसम्म बाच्न सफल हुन्छ त्यहीँ यस गेमको विजेता हुन्छ। यो गेम ४ ग्रुपमा पनि खेल्न मिल्छ।

मानिसहरूमा लत बसेर अपराधिक गतिविधिमा संमलग्नता पाइएपछि चीनले यस खेललार्इ प्रतिबन्ध लगाएको छ। भारतमा पनि यस खेलका कारण हत्या जस्ता अपराधिक गतिविधि बढेको भारतिय सञ्चार माध्यमहरूले जनाएको छ।

नेपालमा पनि गेम खेल्नकै लागी युवाहरू स्कुल, कलेज बंक गर्ने अन्य कुरामा रूचि हराउँदै गएको र अनलाइनमै ग्रुप बनाएर यही गेममा मस्त रहने पाइएको छ। यस गेमको कारण पढाइ सकेत खस्किदै गएको र अामा बुबाले गाली गर्छन भनी लुकी लुकी यस गेम खेल्ने गरेको पाइएको छ।


 

More form the Internet

loading...