Suvadin, Home

Cover Image

राजभाइ सुवाल
दाइले ल्याएको भिडियो क्यामरा चलाउँदा चलाउँदै फोटोग्राफीमा

उनी सिर्जनशीलता, मेहनत र आत्मविश्वासमा विश्वास गर्छन्। काठमाडौंमा विदेशिने लहड प्रायः को हुन्छ। विदेश जानुपर्छ, कमाउनुपर्छ भन्ने सोच आफूमा भने नआएको उनी बताउँछन्। ‘मेरो मेरा कर्ममा रमाउँछु। इमानदारपूर्वक काम गर्ने भएकाले होला मलाई फुर्सद पनि हुँदैन र मलाई आवश्यक नाम र दाम दुबै मैले यही कमाएको छु,’ उनले भने। 
राजभाइ सुवाल।

काठमाडाैं, वैशाख १० - व्यावसायिक फोटोग्राफर राजभाइ सुवाललाई यस क्षेत्रमा नचिन्ने सायदै कोही होलान्। उनको यो यात्रा तीन दशक पुरानो हो। ५० काे दशकमै उनले फाेटाेग्राफी सुरू गरेका हुन्। तर व्यावसायिक रूपमा भने २०४१ सालपछि क्यामेरा खेलाउन थालेकाे उनी बताउँछन्। नेपालमा भर्खर त्यतिबेला नयाँ प्रविधिहरू भित्रिँदै थिए। सुवाल पुराना दिनहरु सम्झन्छन्, क्यामराहरू पनि निकै महंगा थिए। ‘गुणस्तरीय क्यामरा भित्रिएकै थिएनन्। त्यतिबेला दाइले घरमा एउटा भिडियो क्यामेरा ल्याउनुभएको थियो। जसले मेरो बालमस्तिष्कमा फोटोग्राफीको प्रभाव पार्यो।’ 

उनलाई त्यो भिडियो क्यामरा चलाउने खुल्दुली लाग्यो। त्यसले कसरी फोटो खिच्छ होला भन्ने कौतुहलता जाग्यो। सोही कौतुहलताले मलाई फोटोग्राफीको दुनियाँमा दौडाएको उनी बताउँछन्। 

‘क्यामरा चलाउन मैले त्यतिबेला सिके पनि मेरो वरपरको वातावरणले मलाई फोटोग्राफीमा रुची जगाएको हो,’ उनले भने, ‘मेरो घर खिचापोखरीमा थियो भने मेरो वरपर धरहरा, वसन्तपुर लगायतका पर्यटकीय क्षेत्रहरु थिए। त्यस क्षेत्रमा पर्यटकहरु भरिभराउ हुन्थे। उनीहरुले बोकेर ल्याएका क्यामराहरुमा त्यस एरियाका सुन्दर तस्बिर कैद गर्दा मेरो पनि मन त्यतिकै रोमाञ्चित हुन्थ्यो। उनीहरुले खिचेका फोटोहरु पत्रपत्रिकामा देख्न पाइन्थ्यो त्यतिबेला नै मलाई उनीहरुजस्तै तस्बिर खिच्न मन लागेको हो।’ 

सुरूवातमा उनी विवाह फाेटाेग्राफी, न्यूज फाेटाेग्राफी तथा वाइल्डलाइफ फाेटाेग्राफीमा रमाउँथे। त्यसैक्रममा  सुवास गजुरेल, विजयरत्न तुलाधार लगायतका साथीहरुको सल्लाहमा उनले एउटा चलचित्र सम्बन्धी म्यागेजिन निकाल्ने कन्सेप्ट तयारी गरे। त्यतिबेला उनले भर्खर पत्रकारिता सुरू गरेका थिए। र, उनले ग्ल्यामर दुनियाँलाई बिटका रुपमा अंगाले। ‘ग्ल्यामर दुनियाँ आकर्षणले भरिएको हुन्छ र म पनि ग्ल्यामर दुनियाँले यस क्षेत्रमा प्रवेश गरेको हुँ,’ सुवालले भने। कलाकार आवज नामक चलचित्र म्यागेजिन सुरु गर्दा उनको भागमा फोटो र डिजाइनिङ पार्यो। जसले उनले उनलाई व्यावसायिक रुपमा फोटोग्राफर बनाउन मदत गर्याे।

२०४५ सालपछि उनकाे रूची भिडियाे फाेटाेग्राफी तर्फ बढ्दै गयाे। त्यसपछिका पाँच दशक उनले टेलिफिल्म र भिडियाे छायांकनमा बिताए। ५० सालतिर अाफ्नै स्टुडियाे पनि खाेले तर पनि स्थान र ठाउँ अभावमा बन्द भयाे।

५० सालतिर सुवालले एडभरटाइजिङ फाेटाेग्राफी र फेसन फाेटाेग्राफी सुरू गरेका हुन्। त्यसैबेला, नेपालमा फोटो ग्राफरहरुलाई एकताबद्ध गराउन उनको पहल महत्वपूर्ण रह्यो। २०५३ सालतिर नेपाल फोटो जर्नालिस्ट क्लबको सुरुवात गरिएको थियो र उनी त्यसका फाउण्डेर मेम्बर रहे। ‘संस्थाले फोटो ग्राफरहरुमा व्यावसायिकताको प्रवर्द्धन गर्दै उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने। 

सन् २००६ मा उनले ‘क्रियटिभ डिजी स्टुडियो प्रा.लि. सञ्चालनमा ल्याए। स्टुडियोको डिजायनका लागि उनले खुबै मेहनत गरेका छन्। सन् १९९९ मा उनी फाेटाेग्राफी सम्बन्धी तालिम लिन उनी मुम्बर्इ गएका थिए। त्यहाँ उनले थुप्रै स्टुडियो हेरे तर चित्तबुझ्दो स्टुडियो नभेटेपछि युरोप पुगेँ। २००४ मा जर्मनबाट फर्कादा उनले फाेटाेग्राफीसँम्बन्धी एक्स्पाे गर्ने र  मनले खाएको जस्तो स्टुडियो खाेल्ने सपना बाेकी नेपाल फर्किए। सन् २००४ मा उनले काेरेकाे स्टुडियाेकाे स्केचले २००६ मा पुर्णता पायाे।  

हाल उक्त स्टुडियाे अाधुनिक बनाइसकेकाे छु, उनले भने अहिले स्ट्रडियाेमा पटक पाँच वटा फाेटाेग्राफरसँगै काम गर्न सक्ने बातावरण छ। सन् २०१२ मा उनले पहिलाे पटक नेपालमा फाेटाे ग्राफीसम्बन्धी फाेटाे किम्प अायाेजना गरेका थिए। जसमा देखिएकाे उत्साहजन सहभागिताले नेपालमा फाेटाेग्राफीकाे सम्भावना प्रचुर रहेकाे अाफुलार्इ महसुस भएकाे उनी बताउछन्।

उनी सिर्जनशीलता, मेहनत र आत्मविश्वासमा विश्वास गर्छन्। काठमाडौंमा विदेशिने लहड प्रायः को हुन्छ। विदेश जानुपर्छ, कमाउनुपर्छ भन्ने सोच आफूमा भने नआएको उनी बताउँछन्। ‘मेरो मेरा कर्ममा रमाउँछु। इमानदारपूर्वक काम गर्ने भएकाले होला मलाई फुर्सद पनि हुँदैन र मलाई आवश्यक नाम र दाम दुबै मैले यहीँ कमाएको छु,’ उनले भने। 

नेपालमा फोटोग्राफीका लागि निकै सहज भएको उनी बताउँछन्। नेपाल विश्वकै सुन्दर देशहरुमध्ये एक पर्छ। ‘यहाँका हिमाल, पहाड, तराई प्राकृतिक रुपमा बिछट्टै सुन्दर छन्। यहाँको कला, संस्कृतिको पनि आफ्नौ विशिष्ट पहिचान छ,’ सुवाल भन्छन्, ‘फोटोग्राफरलाई चाहिने असली मसला त देशभित्रै छन्, खाली मेहनत र इमान्दार पुर्वक काम गर्ने मान्छेहरूकाे खाँचाे छ।’


 

More form the Internet

loading...