Suvadin, Home

धनी कसरी बन्ने? भारतीय धनाढ्य रतन टाटाका १० सुत्र!

जीवनमा धेरै पैसा कमाउने रहर सबै मानिसलाई हुन्छ। हुनपनि सफलताको शिखरमा पुग्ने महत्वकांक्षा मानिस मात्रै हुन्छ। भारतीय उद्याेगपति रतन टाटाले दिएका १० वटा सफलतासुत्र यस प्रकारका छन्ः
रतन टाटा।

काठमाडौं, ५ पुस – अहिलेकाे मुख्य बहस नेपालमा अहिले अार्थिक समृद्धिका लागि उद्यमशीलताकाे विकास हाे। नेपालमा पनि अार्थिक विकासका सवालमा बहस चलिरहेपनि नेपाली युवा अार्थिकाेपार्जनका लागि विदेशिने क्रम उत्तिकै बढिरहेकाे छ।

हाे, जीवनमा धेरै पैसा कमाउने रहर सबैलाई हुन्छ। हुन पनि सफलताको शिखर चुम्ने रहर नभएकाे सायदै कुनै मानिस होलान्? सुख सुबिधामा रमाउने, चिल्ला गाडीमा नयाँ–नयाँ ठाउँमा घुम्ने, मिठो खाने तथा फोर्ब्स् म्यागेजिनमा विश्वकै धनी मानिसको सूचीमा नाम उल्लेख गर्ने इच्छा कसको पो नहोला र!

विश्वका धनी मानिसहरुकाे सफलताकाे सुत्र के हाे? अब धनी बन्ने सपनामा मात्र सीमित नराख्नु! सफलता हासिल गर्नका लागि मानिसले के गर्नुपर्छ? अार्थिक अभावबाट मुक्त हुनका लागि के गर्नुपर्छ?

सफलताकाे श्रेय के हाे? विश्वकै चर्चित भारतीय धनाढ्य रतन टाटाले सफल बन्ने सुत्र दिएका छन्। टाटा समूहका अध्यक्ष रतन टाटाले अाफ्नाे जीवनमा गरेकाे अनुभवलार्इ यसरी प्रस्तुत गरेका छन्। उनका १० वटा सफलतासुत्र निम्नानुसार छन्ः

१, चुनाैती र अवसरहरुको सही पहिचान गर्ने

२, सदैव आफूमा विश्वास राख्ने

३, वास्तविकतालाई स्वीकार्ने र आत्मसाथ गर्ने 

४, विनम्र स्वभाव र अरुलाई आदर गर्ने

५, आफ्नो सोच सधैं उच्च राख्ने

६, जीवनको प्रत्यक दिन केही नयाँ गर्ने कोसिस गर्ने

७, अरुसँग विश्वास कायम राख्ने

८, चुनौतीहरुको डटेर सामना गर्ने। र, हरेस नखाने

९, अरुभन्दा केही फरक गर्ने कोसिस गर्ने

१०, अरुको सफलताबाट केही कुरा सिक्ने


 

More form the Internet

loading...