Suvadin, Home

रविशंकरले भने, 'राेगमुक्तिका लागि याेग'

 आध्यामिक गुरु रविशंकरले हिनतामुक्त समाज आजको आवश्यक्ता भएको बताएका छन्। गुरु रविशंकरले रोगमुक्त शरिर मानवको नैसर्गिक अधिकार भएको पनि स्पष्ट पारेका छन्।
आध्यामिक गुरु रविशंकर ।

काठमाडाैं, फागुन २२ - आध्यामिक गुरु रविशंकरले हिनतामुक्त समाज आजको आवश्यक्ता भएको बताएका छन्। गुरु रविशंकरले रोगमुक्त शरिर मानवको नैसर्गिक अधिकार भएको पनि स्पष्ट पारेका छन्।

आइतबार उद्योगी व्यवसायीहरुलाई काठमाडौंमा प्रवचन दिँदै उनले अवरोधमुक्त विचारको जगमा मात्रै व्यवसायिक सफलमा हात पर्नेपनि स्मरण गराए। उनले शोकमुक्त आत्मालाई समृद्धिको आधारको रुपमा चित्रण गरे।

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरुमा आध्यामिक ज्ञान दिलाउने उद्देश्यका साथ प्रवचन कार्यक्रम आयोजना गरेको हो। शान्ति र विकासका लागि पनि आध्यामिक प्रवचनको आवश्यक्ता हुने महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए।


 

More form the Internet

loading...