Suvadin, Home
Nepal life 3.22M

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ। जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन्। केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन। 

नेपालगञ्ज, २६ असार – बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ। 

नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ। जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन्। केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन। 

यातायात व्यवस्था समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकको सहमतिपछि समितिले दर्ता गर्नुपर्ने उही निर्णय दोहोर्याएको हो। 'अब पहिले जस्तो हुँदैन, सोमबार भएको निर्णय हामी कार्यान्वयन गरेरै छाड्छौँ', प्रमुख जिल्ला अधिकारी केसीको भनाइ छ।


 

More form the Internet

loading...