Suvadin, Home

झापामा पहिलोपटक रक क्लाइम्बिङ आयोजना

एएस फाउन्डेसन रिक्रिएसन ट्रेनिङ सेन्टर काँकरभिट्टाले झापामा पहिलोपटक सुरु गरेको रक क्लाइम्बिङ सम्पन्न भएको छ। विद्यार्थीलाई लक्षित गरी शारीरिक, मानसिक, नेतृत्वलगायत उनीहरुको चौतर्फी क्षमता अभिबृद्धि गर्ने मूल उद्देश्यले सुरु कार्यक्रम धाइजनस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको पर्यटकीय तथा सिमसार क्षेत्रमा सम्पन्न भएको हो।

विमर्श  उप्रेती, झापा, माघ २८


एएस फाउन्डेसन रिक्रिएसन ट्रेनिङ सेन्टर काँकरभिट्टाले झापामा पहिलोपटक सुरु गरेको रक क्लाइम्बिङ सम्पन्न भएको छ। विद्यार्थीलाई लक्षित गरी शारीरिक, मानसिक, नेतृत्वलगायत उनीहरुको चौतर्फी क्षमता अभिबृद्धि गर्ने मूल उद्देश्यले सुरु कार्यक्रम धाइजनस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको पर्यटकीय तथा सिमसार क्षेत्रमा सम्पन्न भएको हो।

दुई दिवसीय रक क्लाइम्बिङको समापन धाइजनस्थित बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको सिमसार तथा पर्यटकीय क्षेत्रमा धुलाबारीस्थित इष्ट होराइजन उच्च मावि, हिमालयन एकाडेमी, फाइभ स्टार इङ्लिस स्कुल, लिभिङ फाउन्डेसन, पारिजात पब्लिक स्कुल र चारआलीस्थित लिटल एञ्जल स्कुलका विद्यार्थीहरुले रक क्लाइम्बिङमा सहभागिता जनाएका थिए।

रक क्लाइम्बिङमा इष्ट होराइजन उच्च माविका शिक्षक बिमल शाही, फाइभ स्टार इङ्लिस स्कुलका निर्देशक प्रमाणु प्रधान, शिक्षिका लुइसा लिम्बू, लिभिङ फाउन्डेसनका शिक्षक रिपु खब्यो, पारिजात पब्लिक स्कुलका स्काउट शिक्षक अनिष चौलागाईंलगायत विद्यालय बाहिरका युवा गरी करिब १ सय ५० जनाले सहभागिता जनाएका थिए।

क्लाइम्बिङमा सहभागीहरुलाई सम्भावित जोखिमबाट मुक्त राख्न क्लाइम्बिङ हेल्मेट, रोप, हार्नेस, जुमर, एटिसी गाइड, क्योरबिनर लगायत अत्याधुनिक प्रविधिद्वारा निर्मित विदेशबाट आयात गरिएका जोखिममुक्त सामग्रीको प्रयोग गरी रक क्लाइम्बिङ गराइएको आयोजक संस्थाका म्यानेजर उद्धव गौतमले बताए। 

उनीहरुलाई क्लाइम्बिङ उपस्थित भएका क्लाइम्बिङ स्ट्रक्टरहरु कल्पना पोखरेल, सोना ठकुरी, बिमला थापा, दीपा लोहार, अजय पासवान र जुगल भूजेलले सहजिकरण गरेका थिए।

रक क्लाइम्बिङ समापनपछि आयोजित कार्यक्रममा रक क्लाइम्बिङमा भाग लिने विद्यालय, शिक्षक, विद्यार्थी र विद्यालय बाहिरका युवाहरुलाई इन्टरनेसनल आउट डर स्ट्रक्टर लण्डन तथा द ड्युक अफ इडन वर्गस् इन्टरनेसनल अवार्डबाट गोल्ड अवार्ड होल्डर अनिष लुइँटेलले शुभकामनासहित अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरेका थिए। 

उक्त कार्यक्रममा बोल्दै रक क्लाइम्बिङ आयोजक फाउन्डेसनका प्रमुख सगरमाथा आरोही झापाली युवा लुइँटेलले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी आगामी भदौदेखि बाल क्लाइम्बिङ र आर्टिफिसियल रक क्याइम्बिङ सञ्चालन गरिने जानकारी गराएका छन्। 


 

More form the Internet

loading...