Suvadin, Home

रोयल विवाहमा प्रदान गरिएको गुड्डी ब्याग र्इबेमा बिक्री

त्यती मात्र नभएर विभिन्न बिज्नेस पर्शनालिटीलार्इ समेत रोयल विवाहमा सम्मानजनक उपस्थिति जनाउन अामन्त्रित गरिएको थियो। असामान्य र परम्परा भन्दा केहीँ फरक शैलीमा भएको रोयल विवाहले चर्चा र वाहावाही विश्वभरि नै बटुल्यो। तर, विवाहसँग सम्बन्धित रोचक प्रसंग सार्वजनिक भएको छ।

काठमाडाैं, ९ जेठ – बेलायती प्रिन्स ह्यारी र अमेरिकी टिभी पर्शनालिटी मेघान मार्कलको विवाहका लागि १ हजार २ सय विशिष्ट व्यक्तिहरूलार्इ अामन्त्रण गरिएको थियो। उक्त रोयल विवाहमा बलिउडकी अभिनेत्री प्रियंका चोप्रादेखि अन्य हलिउडका अभिनेता तथा अभिनेत्रीहरूको अपस्थिति रहेको थियो।

त्यती मात्र नभएर विभिन्न बिज्नेस पर्शनालिटीलार्इ समेत रोयल विवाहमा सम्मानजनक उपस्थिति जनाउन अामन्त्रित गरिएको थियो।

असामान्य र परम्परा भन्दा केहीँ फरक शैलीमा भएको रोयल विवाहले चर्चा र वाहावाही विश्वभरि नै बटुल्यो। तर, विवाहसँग सम्बन्धित रोचक प्रसंग सार्वजनिक भएको छ।

विवाहमा विशिष्ट अागन्तुक मध्येकै ट्रउप बाइवाटरकी एचअार म्यानेजर क्लेयर अोलिवरले रोयल विवाहमा प्रिन्स ह्यारी र मेघानले प्रदान गरेको गिफ्ट अर्थात गुड्डी ब्याग र्इबे मार्फत बेचेकी थिइन्।

उक्त ब्याग २१ हजार ४ सय पाउण्डमा बिक्री गरिएको थियो। उक्त कुरा उनले रोयल विवाह अवलोकन गरेर फर्केपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गरेकी थिइन्। 

उक्त गिफ्टमा क्यानभास ब्याग प्रिन्स ह्यारी र मेघानको विवाहको निमन्त्रणा पत्र, सर्विस अडर, ह्वान्डस्वर क्यासल वाटर बोतल, जायन्ट चक्लेट लगायतका साम्रागिले समावेश थियो।

अोलिवरले मात्र नभएर विवाहमा उपस्थित २५ भन्दा बढीले उक्त ब्याग बिक्री गरेका छन्। उनिहरूले ३० हजार पाउण्डसम्म उक्त ब्याग बिक्री गरेको हो।


 

More form the Internet

loading...