Suvadin, Home

सेक्सलाई लिएर चिन्तित हुनुहुन्छ ? थाहा पाउनुस् यी चार कुरा

धेरैको यौनजीवन सोचेजस्तो नहुनसक्छ। त्यसका धेरै कारणहरु छन्। भर्खरै एउटा खोज अनुसन्धानले सेक्स गरिरहेको समयमा चिन्ता लिनु पनि पीडादायक सेक्सको कारण हुनसक्ने पत्ता लगाएको छ। त्यो अनुसन्धानले ‘हरेक १० जना महिलामा एकजना सेक्सको समयमा पीडा महसुस गरिरहेको’ पत्ता लगाएको छ। गाइनोकोलोजिष्ट एडी मोरिस भन्छिन्, ‘यो बिषय तत्काल सुधार गरिहाल्नुपर्छ। के कारणले त्यो बेलामा पीडा भइरहेको हो? त्यसका बारेमा राम्रो परामर्श लिएर निक्यौलमा पुगिहाल्नुपर्छ।’

काठमाडौं, माघ १७- धेरैको यौनजीवन सोचेजस्तो नहुनसक्छ। त्यसका धेरै कारणहरु छन्। भर्खरै एउटा खोज अनुसन्धानले सेक्स गरिरहेको समयमा चिन्ता लिनु पनि पीडादायक सेक्सको कारण हुनसक्ने पत्ता लगाएको छ।

त्यो अनुसन्धानले ‘हरेक १० जना महिलामा एकजना सेक्सको समयमा पीडा महसुस गरिरहेको’ पत्ता लगाएको छ। गाइनोकोलोजिष्ट एडी मोरिस भन्छिन्, ‘यो बिषय तत्काल सुधार गरिहाल्नुपर्छ। के कारणले त्यो बेलामा पीडा भइरहेको हो? त्यसका बारेमा राम्रो परामर्श लिएर निक्यौलमा पुगिहाल्नुपर्छ।’

चिन्ताको कारणले पनि महिला पार्टनरले पीडा अनुभव गरिरहेको हुनसक्छ। त्यसमा पनि १६ देखि २४ वर्ष उमेर सम"हका युवतीहरु, जो पहिलो पटक सेक्सको अनुभव गर्न गइरहेका हुन्छन्। उनीहरू चिन्तित हुनु स्वभाविक हो। त्यो चिन्ताले पीडा त हुन्छ नै यौन जीवन पनि फलदायी बनाउँदैन।

यदि दुबै पार्टनरमा यौनका बारेमा फरक फरक सोच र चाहना छ भने त्यस्तोमा पनि पीडा हुनसक्छ। एडी मोरिसको भनाइमा आफ्नो सेक्स पार्टनरको साथमा भावनात्मक सम्बन्ध हुनु नितान्त जरुरी छ। त्यस्तोमा चाहना र समस्याका बारेमा खुलस्त कुरा हुनसक्छ। खुलापन हुनु राम्रो पनि हो।

नजिक महसुस गर्दा त्यसले भावनात्मक सुख बढाउँछ। निरोधका सामाग्रिका बारेमा चर्चा गर्नु र त्यसलाई प्रयोग गर्नु भनेको चिन्तालाई घटाउनु हो। कण्डम लगायतका निरोधका साधन प्रयोग गर्दा यौन संक्रमणजन्य रोग त लाग्दैन नै महिला पार्टनर पनि सुरक्षा अनुभव गर्न थाल्छिन्। त्यसले गर्भवती हुने चिन्ता हटछ र सेक्स गर्दा पीडा कम हुनसक्छ। पटक-पटक पीडादायक सेक्सको समस्या देखिएमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ।


 

More form the Internet

loading...