Suvadin, Home

रोचक र रियल च्यालेन्जिङ सिम सिटी बिउल्डइट गेम
अाफ्नाे सहरकाे मेयर बन्ने चाहाना छ? चुनाव जित्नु पर्दैन! (भिडियाेसहित)

थियोटाउनले सिम सिटी बिउल्डइट नामक गेम बजारमा ल्याएको छ। यो गेम एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुनेछ। सिम सिटी गेम एन्ड्रोइड मोबाइल प्ले स्टोरबाट सजिलै डाउन्लोड गर्न सकिन्छ।
सिम सिटी बिउल्डइट नामक गेमकाे पाेष्टर।

काठमाडाैं, कात्तिक २२ – थियोटाउनले सिम सिटी बिउल्डइट नामक गेम बजारमा ल्याएको छ। यो गेम एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुनेछ। सिम सिटी गेम एन्ड्रोइड मोबाइल प्ले स्टोरबाट सजिलै डाउन्लोड गर्न सकिन्छ।

उक्त गेममा आफ्नो सहरको हिरो आफै हुन पाइने छ। सिम सिटीमा सहरलाई आफ्नै तरिकाले डिजाइन गर्नुपर्ने छ। यो गेम निकै रोचक र रियल च्यालेन्जिङ पनि छ।

सिम सिटीलाई बसोबासँ गर्न चाहिने हरेक सुविधा उपलब्ध गराउनुपर्ने छ। विकासका पूर्वाधार बाटो, बिजुली, पानी, प्रशासन, अस्पताल, विद्यालय, उद्योग, कलकारखना, रोजगारीे आदिको व्यवस्था पनि गर्नुपर्ने छ।

सिम सिटीमा यी सबै सुविधा उपलब्ध गर्न सके मात्र नागरीकहरू बसोबास गर्न आउने छन्। उक्त सहर निर्माण गर्न एक सय मिलियनको बजेट छुट्याइएको हुनेछ।

सो रकम नागरिकसँग कर, राजस्व, आयकरमार्फत उठाउन सकिने छ। सहरको आयात निर्यात,उब्जाउ जमिन सबैलाई मध्यनजर गर्नुपर्ने छ। र, जनताको सुरक्षाका लागि प्रहरीहरूको व्यवस्था पनि गर्नुपर्ने छ।

मोबाइल उपभोक्ता माझ लोकप्रियता कमाएको सिम सिटी बिउल्डइट गेम हाम्रा नेताहरूले पनि फुस्रा भाषण दिनुको सट्टा समय निकालेर खेले देशले मुहार फेरथ्यो कि?
 

 


 

More form the Internet

loading...