Suvadin, Home
NMB Bank Ltd 269.1k

सनी लियोनको सनसनीपूर्ण चिनारी, १६ वर्षमा पहिलाे सेक्स (फोटो फिचर)

रइस फिल्मको लैला मै लैला गीतमा कामुक नृत्य गरेपछि ३५ वर्षीय सनी लियोन अहिले चर्चामा छिन्। उमेरसँगै उनको जवानी पनि झन्झन् बढिरहेको छ। बलिउडमा जम्ने प्रयत्न गरिरहेकी यी ‘लैला’का कयौं मजनू छन्, जो सनीका पछाडि दिनरात लागिरहन्छन्।
सनी।

काठमाडौं, पुस २५


रइस फिल्मको लैला मै लैला गीतमा कामुक नृत्य गरेपछि ३५ वर्षीय सनी लियोन अहिले चर्चामा छिन्। उमेरसँगै उनको जवानी पनि झन्झन् बढिरहेको छ। बलिउडमा जम्ने प्रयत्न गरिरहेकी यी ‘लैला’का कयौं मजनू छन्, जो सनीका पछाडि दिनरात लागिरहन्छन्।

सनी लियोनको सुन्दरतालाई शाहरुख खान अभिनित रइसमा पनि समावेश गरिएपछि उनको ख्याती अझै बढ्दो छ। उनै सनी लियोनका २५ किस्सा यस प्रकार छन्।

१, बिग बोसको छैंठौ संस्करणमा आउनुभन्दा पहिले सनी लियोनको धेरैलाई थाहै थिएन। बिगबोसमा आएपछि मात्रै उनी पोर्न स्टार हुन् भन्ने जानकारी भयो। साथै उनी पूर्वका अधिकांश देशमा लोकप्रिय भइन्। 

२, सनी लियोनलाई फिल्म निर्माता महेश भट्टले बिग बोसकै सेटमा गएर आफ्नो फिल्मको कहानी सुनाए। सनीलाई पनि मनपर्यो। उनले फिल्म ‘कलयुग’का लागि सनीलाई लिने कोसिस गरे। तर, सनीले एक मिलियन डलर मागेपछि भट्ट पछि हटेका थिए। 

३, सन् १९८१ मा जन्मिएकी सनीको वास्तविक नाम करेनजीत कौर बोरा हो। उनको पासपोर्टमा पनि करेनजीत कौर बोरा नै लेखिएको छ। पोर्न फिल्ममा कामको अफर आएपछि उनले आफ्नो नाम परिवर्तन गरेकी हुन्। 

४, बलिउडका एक लोकप्रिय कलाकारको नाम पनि सनी हो, सनी देवल। सनी लियोन और सनी देवललाई लिएर एउटा जोक बनाइएको छ। सनी लियोन अभिनेता सनी देवलसँग विवाह गरिन् भने पति–पत्नी दुवैको नाम सनी देवल हुने थियो।

५, सनी लियोनले पहिलो किस ११ वर्षकै उमेरमा गरिन्। १६ वर्षको उमेरमा पहिलो पटक एउटा बास्केटबल खेलाडीसँग यौन सम्पर्क गरेकी थिइन्। 

६, बाल्यकालमा सनीलाई हकी खेल्न असाध्यै मन पर्थ्यो। आइस स्केटिङ पनि गर्थिन्। 

७, सनीले पोर्न उद्योगमा पाइला राख्नुभन्दा पहिले एउटा बेकरी तथा एउटा टेक्स एन्ड रिटायरमेन्ट फर्ममा काम गरिन्। 

८, एउटा साथीको सल्लाह अनुसार सनीलाई मोडलिङ सुरु गरेकी हुन्। पहिलो फोटोसुट पेन्टहाउस म्यागिजिनका लागि गरेकी थिइन्। 

९, सनीले म्यागेजिनका लागि न्यूड पोज दिइन्। त्यसपछि पैसा र देश–विदेश घुम्ने अवसर पाइन्। 

१०, सन् २००३ मा सनीले एउटा कम्पनीसँग सम्झौता गरी तीन वर्षका लागि हार्डकोर पोर्नोग्राफी सुरु गरिन्।

११, सनीको पहिलो फिल्म ‘सनी’ नै थियो। पोर्न उद्योगमा उनले लेस्बियन सिन गर्ने बताएकी थिइन्। 

१२, सन् २००७ मा सनीले पुरुषसँगै आउन सहमति जनाइन्। उनलाई म्याट एरिक्सनले साथ दिए। उनले स्तनको सर्जरी गराएर पहिलो पटक पुरुषसँग पोर्न फिल्ममा काम गरेकी थिइन्।

१३, म्याटसँग सनीको सम्बन्ध टुट्यो। उनले टोमी गन, चाल्र्स डेरा, जेम्स डिनलगायतसँग काम गरिन्। 

१४, सनीले आफनो लोकप्रियतालाई आर्थिक आम्दानीको स्रोत बनाइन्। आफैले निर्देशन गरेर एडल्ट फिल्म पनि बनाइन्। 

१५, सन् २००५ मा एमटिभीका लागि उनले रेड कार्पेट रिपोर्टरको भूमिका पनि निभाइन्। 

१६, सनी लियोनलाई आफ्नो सुन्दरताप्रति गर्व छ। उनलाई लाग्छ, युवादेखि बृद्धसम्म उनका फ्यान छन्। 

१७, सनीले एडल्ट फिल्मसँगै केही फिल्म र टिभीशो पनि गरेकी छिन्। 

१८, आफ्नो स्वास्थ्यलाई लिएर सनी जागरुक छिन्। उनी हरेक दिन शारिरीक व्यायाम गर्छिन्। सब्जी, फल, जुस र दुध भरपूर खाने गरेकी छिन्।

१९, सनी लियोन बलिउडका स्टारहरुसँग काम गरिरहेकी छिन्। उनी यसलाई निरन्तरता दिन चाहान्छिन्।

२०, सनीले हिन्दी बोल्न सिकिरहेकी छिन्। र, नृत्यलाई निखार्न तल्लिन छिन्। 

२१, सनी यो पेशा आफ्नो इच्छा अनुसार छानेको बताउँछिन्। उनलाई यसमा गर्व छ। 

२२, सनी लियोनले ३५ एडल्ट फिल्ममा काम गरेकी छिन्। र, २५ फिल्मको निर्देशन गरेकी छिन्।

२३, सनीका पति डेनियल वेबर हुन्। सनीका सबै काम उनले नै सम्हालिरहेका छन्। 

२४, रागिनी एमएमएस–२ मा काम गर्न मञ्जुरी दिएपछि सनी एकता कपूरसँग भेट्न बुर्का लगाएर गएकी थिइन्। 

२५, सनी लियाेन अाफू बाइसेक्सुयल भएपनि पुरुषलाई प्राथमिकता दिने बताउँछिन्। उनी आफ्नो खाली समय पेन्टिङ, घोडचढी र पढ्नमा लगाउछिन्। जनावरसँग सम्बन्धित च्यानल हेर्न उनलाई मन पर्छ। (एजेन्सीकाे सहयाेगमा)

 

 

 

More form the Internet

loading...